साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फित्कौलीमा घुएँत्रो

गाउँबस्ती खाली बने युवा पुगे खाडी गरीबका चल्न छाडे जिन्दगीका गाडी । कोही भने तर मार्ने हात माडी माडी ॥

Nepal Telecom ad

चूडा निर्भीक :

१.
नेपालमा सोझालाई भयो बाँच्नै गारो
सत्ता पुग्ने पार्टी हाँक्ने कोही छैन थारो ।
लेख्नु पर्छ व्यङ्ग्यवाण बनाएर तारो ॥

२.
सुन रोप्ने नेपालमा चाहना छ क्यारे
क्वुन्टल नै हुल्न थाले राष्ट्र माटो दारे ।
मन्त्री नेता व्यापारीले पैसा पोको पारे ॥

३.
कर्मचारी शिक्षक र पण्डित नै बिक्छन्
साना हाम्रा बालबच्चा कस्ता कुरा सिक्छन् ।
भन्ने मात्र लोकतन्त्र खाने दाउ झिक्छन् ॥

४.
दूध बेच्छ गोठालाले बाच्छो चुस्छ थुन
ठूलाठालु मोटाउन भित्र्याउँछन् सुन ।
जनताका भाग भित्र लाग्छ सीधै घुन ॥

५.
हिजो त्यही अस्ति त्यही आज पनि त्यही
लोकतन्त्रे गणतन्त्रे लाज पनि त्यही ।
पालैपालो लुट्ने धोके-बाज पनि त्यही ॥

६.
राणा गए राजा गए लोकतन्त्र आयो
लुट्ने खाने केही निस्के निराशाले छायो ।
गणतन्त्र भोग्दा जान्यौं कहाँ गोरु व्यायो ॥

७.
गाउँबस्ती खाली बने युवा पुगे खाडी
गरीबका चल्न छाडे जिन्दगीका गाडी ।
कोही भने तर मार्ने हात माडी माडी ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x