सुलसुलेरोचक घिमिरेलाई साहित्यिक पत्रकारिता पुरस्कार
दर्जन कृतिहरूका स्रष्टा घिमिरे अहिले भैरव पुरस्कार गुठी र रमेश विकल प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ भने फित्कौली डटकमका सल्लाहकार हुनुहुन्छ ।

यसै वर्ष स्थापना गरिएको “नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार” २०७८ सालको लागि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेलाई प्रदान गर्ने निणर्य गरिएको छ । उक्त कुरा महाराजगन्जमा आज बसेको ‘अभिव्यक्ति मासिक भेटघाट’ मा छनौट समितिका सदस्य देविका तिमिल्सिनाले घोषणा गरी सार्वजनिक गर्नु भएको हो ।
रोचक घिमिरे “नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार” प्राप्त गर्ने पहिलो व्यक्तित्व हुनु भएको छ । यस पुरस्कारका लागि नाम छनौट गर्न गत फागुन ५ गते रामप्रसाद पन्तको संयोजकत्वमा देविका तिमिल्सिना र किशोर पहाडी रहेको तीन सदस्यीय छनौट समिति गठन गरिएको थियो ।
रोचक घिमिरेको सम्पादकत्वमा ‘रचना’ दुई महिने साहित्यिक पत्रिका २०१८ सालदेखि हालसम्म निरन्तर प्रकाशित भइरहेको छ । यही ‘रचना’मा भैरव अर्यालका सर्वाधिक लोकप्रिय हास्यव्यङ्ग्य रचना प्रकाशित भएका थिए । दर्जन कृतिहरूका स्रष्टा घिमिरे अहिले भैरव पुरस्कार गुठी र रमेश विकल प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ भने फित्कौली डटकमका सल्लाहकार हुनुहुन्छ ।
“नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार” आउँदो चैत्र २२ गते विशेष समारोहको आयोजना गरी प्रदान गरिने जानकारी ‘अभिव्यक्ति’ का सम्पादक देविका तिमिल्सिनाले दिनुभएको छ ।
तस्विर श्राेत : शब्दपथ
Subscribe
Login
0 Comments
Oldest












































