साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिसन्चो

व्यथा बोकेर छातीमा बाँचेका छन् हिमालय लेक, बेसी, तराईका छैनन् वाञ्छा निरामय परेला पीरले धोई बग्छन् झर्ना, नदी सदा सिमाना बाध्य छन् ज्यूँन बाजी थापेर अस्मिता ।

Nepal Telecom ad

सन्चै छस् तँ ? भनी सोध्दा मित्रले, यो दिमागमा
तरङ्ग उर्लिएका छन् छालजस्तै समुद्रमा

“व्यथा बोकेर छातीमा बाँचेका छन् हिमालय
लेक, बेसी, तराईका छैनन् वाञ्छा निरामय
परेला पीरले धोई बग्छन् झर्ना, नदी सदा
सिमाना बाध्य छन् ज्यूँन बाजी थापेर अस्मिता

अभाव आउँछन् हाँस्दै गरीबीसँग जिस्किन
खाडीको धूपमा पुग्छ युवाको स्रोत जोतिन
बल्छ सम्पन्नताभित्र न्यायको दीप केवल
विपन्न वर्गमा हुन्छ नुनिला आँसुको भल

भ्रष्टाचरण कुर्लन्छन् जब मातेर निर्भय
कार्यालयहरू लाग्छन् हुन् किझैँ मदिरालय
विदेशी भूमिमा बस्ने आफ्ना सन्तान सम्झँदै
वृद्ध-वृद्धाहरू रुँग्छन् रोगी घरहरू कठै !

भग्न छन् अहिले हाम्रा प्रिय भाषा र संस्कृति
फैलिएको छ बिस्तारै विषजस्तो विसङ्गति
सर्वाङ्ग भत्किएका छन् आस्था-विश्वासका घर
दया, माया, क्षमा, निष्ठा बाँच्दैछन् अस्थिपञ्जर”

वर्षौंदेखि बिरामी छ यो मेरो राष्ट्र नै जब
कसरी म भनूँ मित्र ! आरामै छु भनी अब ?

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कार्टुन

कार्टुन

गोविन्दराज विनोदी
कार्टुन

कार्टुन

गोविन्दराज विनोदी
हामी

हामी

गोविन्दराज विनोदी
उहाँ

उहाँ

गोविन्दराज विनोदी
कसरी भनूँ  ??

कसरी भनूँ ??

गोविन्दराज विनोदी
देशसेवा

देशसेवा

गोविन्दराज विनोदी
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x