साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामी

हाम्रो घमण्डको घैँटो त्यो बेला प्याट्ट फुट्दछ सारा वैभव माटामा छाडी यो प्राण उड्दछ ।

Nepal Telecom ad

फूलजस्तै भए हुन्थ्यो सबै हामी सुवासिला
किन आज भएका छौँ कसैका मुटुका किला ?
गाली गर्दा कसैलाई के अहम् झल्किँदैन र ?
बाल्दा विद्वेष के आफ्नै मनमा सल्किँदैन र ?

अर्कालाई दिई दोष, चोर औँलो उठाउँदा
छन् आफैतिर फर्केका तीन औँला बुझौँ सदा
सबैको हुन्छ अस्तित्व उत्तिकै गर्विलो भनी
गरौँ सम्मान हामीले अर्काको स्वत्वको पनि

हुन्छन् मान्छेहरूभित्र दुवै दोष तथा गुण
उज्यालो गुणले दोष सक्नुपर्छ दबाउन
हामी प्रत्येकले सोच्दा “अर्काको पनि होस् जय”
हुन्छ वास्तवमा सारा दुष्टताको पराजय

विचार सबका साटौँ, काटौँ दुर्भावका जरा
सत्य, न्याय र निष्ठाले पारौँ राष्ट्र हराभरा
पद, पैसा, प्रतिष्ठाले चुलिए पनि आखिर
झुक्नुपर्छ कुनै बेला कालका सामु यो शिर

हाम्रो घमण्डको घैँटो त्यो बेला प्याट्ट फुट्दछ
सारा वैभव माटामा छाडी यो प्राण उड्दछ
त्यसैले शत्रुता त्यागौँ, राष्ट्र-बन्धु मिलौँ सबै
छाडौँ बेमेलको बाटो, ईर्ष्या द्वेष भुलौँ सबै
नयाँ जागृति बोकेर उठ्न बेर भएन र ?
नव-निर्माणमा हामी जुट्न बेर भएन र ?

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कार्टुन

कार्टुन

गोविन्दराज विनोदी
कार्टुन

कार्टुन

गोविन्दराज विनोदी
उहाँ

उहाँ

गोविन्दराज विनोदी
बिसन्चो

बिसन्चो

गोविन्दराज विनोदी
कसरी भनूँ  ??

कसरी भनूँ ??

गोविन्दराज विनोदी
देशसेवा

देशसेवा

गोविन्दराज विनोदी
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x