साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देशसेवा

आवारा मेघझैँ गर्जी ईर्ष्या विद्वेष बोक्नुहोस् नचाई जनतालाई दल-मादल ठोक्नुहोस् जो जो छन् बलिया बाङ्गा प्रभुकै मतियार छन् गलामा फूलका माला प्रभुलाई तयार छन् ।

Nepal Telecom ad

बनाई राजधानीमा ठूला कङ्क्रिटका कुटी
गर्नुहोस् देशको सेवा देशकै ढुकुटी लुटी !

जनता मतदाता हुन्, मत दिन्छन्, जिताउँछन्
सोच्दैनन् कुभलो कैल्यै, भलो मात्रै चिताउँछन्
दिनुहोस् जति नै धोका, सहन्छन् धैर्य साँच्दछन्
आशाको वारुणी प्यूँछन्, तृप्त हुन्छन् र हाँस्तछन्

नामै छ प्रभुको ठूलो काम क्यै नगरे पनि
फल आकाशको मीठो नपाके-नझरे पनि
परिवर्तनको भाका सुसेल्दै भ्रान्ति छर्नुहोस्
चाहे भोकै मरून् कोही आफ्नै उदर भर्नुहोस्

नारा विकासका सारा मुखमै छन् सुशोभित
हुन्छन् समृद्धिका ताना फाइलैमा सुरक्षित
कुर्सी जोगाउने ध्यान सत्तामा रहँदा भयो
यदि गुम्नगए सत्ता मानौँ सर्वस्व नै गयो

स्वार्थका लहराभित्र कृपा नाता विशेष छन्
भ्रष्टाचारसितै रम्ने चाहना अझ शेष छन्
बाटा आर्जनका थुप्रै छन्, तिर्छन् जनता कर
सम्मान्य प्रभुजीलाई कल्ले विरोध गर्छ र ?

आवारा मेघझैँ गर्जी ईर्ष्या विद्वेष बोक्नुहोस्
नचाई जनतालाई दल-मादल ठोक्नुहोस्
जो जो छन् बलिया बाङ्गा प्रभुकै मतियार छन्
गलामा फूलका माला प्रभुलाई तयार छन् ।

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कार्टुन

कार्टुन

गोविन्दराज विनोदी
कार्टुन

कार्टुन

गोविन्दराज विनोदी
हामी

हामी

गोविन्दराज विनोदी
उहाँ

उहाँ

गोविन्दराज विनोदी
बिसन्चो

बिसन्चो

गोविन्दराज विनोदी
कसरी भनूँ  ??

कसरी भनूँ ??

गोविन्दराज विनोदी
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x