सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

उहाँ

चिनीतुल्य मीठो बनाएर बोली नुही बाँसझैँ भोटको थाप्न झोली उहाँ पाल्नुभो फेरि माग्दै गुहार चिनौँ है सबैले उहाँको मुहार !

Nepal Telecom ad

दिलैदेखि सम्मान गर्दै झुकेर
नमस्कार गर्दा समीपै पुगेर
हिजोसम्म जो हिँड्नुहुन्थ्यो नहेरी
उहाँ पाल्नुभो हात जोडेर फेरि

मजाका गफैको जमाएर खाल
नभाँचेर सिन्को बित्यो कार्यकाल
बनून् फेरि सोझाहरू मूर्ख ठानी
उहाँ पाल्नुभो आज लाजै नमानी

लिई घोषणापत्र आफ्नो दलीय
जहाँ कल्पनाका कुरा छन् स्वकीय
त्यसैको दुहाई दिई भोट तान्न
उहाँ पाल्नुभो स्वार्थको जाल हान्न

म नै राष्ट्रसेवी म नै योग्य नेता
बनाऊन् सबैले मलाई विजेता
भनी दीनका भावनामाथि खेल्दै
उहाँ पाल्नुभो फेरि मिथ्या सुसेल्दै

चिनीतुल्य मीठो बनाएर बोली
नुही बाँसझैँ भोटको थाप्न झोली
उहाँ पाल्नुभो फेरि माग्दै गुहार
चिनौँ है सबैले उहाँको मुहार !

चितवन

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
कार्टुन

कार्टुन

गोविन्दराज विनोदी
कार्टुन

कार्टुन

गोविन्दराज विनोदी
हामी

हामी

गोविन्दराज विनोदी
बिसन्चो

बिसन्चो

गोविन्दराज विनोदी
कसरी भनूँ  ??

कसरी भनूँ ??

गोविन्दराज विनोदी
देशसेवा

देशसेवा

गोविन्दराज विनोदी
धरोधर्म गर्छु (२५)

धरोधर्म गर्छु (२५)

डिल्लीप्रसाद मूलतिहुन
कसो गर्नु हो ? माइला दाइ !

कसो गर्नु हो ?...

तेजविलास अधिकारी
दुःसमय

दुःसमय

विमल निभा
मलाई कवि जस्तै हुन मजा लाग्छ

मलाई कवि जस्तै हुन...

खगेन्द्र नेउपाने