साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उहाँ

चिनीतुल्य मीठो बनाएर बोली नुही बाँसझैँ भोटको थाप्न झोली उहाँ पाल्नुभो फेरि माग्दै गुहार चिनौँ है सबैले उहाँको मुहार !

Nepal Telecom ad

दिलैदेखि सम्मान गर्दै झुकेर
नमस्कार गर्दा समीपै पुगेर
हिजोसम्म जो हिँड्नुहुन्थ्यो नहेरी
उहाँ पाल्नुभो हात जोडेर फेरि

मजाका गफैको जमाएर खाल
नभाँचेर सिन्को बित्यो कार्यकाल
बनून् फेरि सोझाहरू मूर्ख ठानी
उहाँ पाल्नुभो आज लाजै नमानी

लिई घोषणापत्र आफ्नो दलीय
जहाँ कल्पनाका कुरा छन् स्वकीय
त्यसैको दुहाई दिई भोट तान्न
उहाँ पाल्नुभो स्वार्थको जाल हान्न

म नै राष्ट्रसेवी म नै योग्य नेता
बनाऊन् सबैले मलाई विजेता
भनी दीनका भावनामाथि खेल्दै
उहाँ पाल्नुभो फेरि मिथ्या सुसेल्दै

चिनीतुल्य मीठो बनाएर बोली
नुही बाँसझैँ भोटको थाप्न झोली
उहाँ पाल्नुभो फेरि माग्दै गुहार
चिनौँ है सबैले उहाँको मुहार !

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कार्टुन

कार्टुन

गोविन्दराज विनोदी
कार्टुन

कार्टुन

गोविन्दराज विनोदी
हामी

हामी

गोविन्दराज विनोदी
बिसन्चो

बिसन्चो

गोविन्दराज विनोदी
कसरी भनूँ  ??

कसरी भनूँ ??

गोविन्दराज विनोदी
देशसेवा

देशसेवा

गोविन्दराज विनोदी
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x