साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कार्टुन

देशभक्त बनेको छ जनतासामुमा तर विदेशी प्रभुका सामु झुकेको छ निरन्तर देखी नेपालका नेता सोच्दो हो विधिले पनि आहा ! कार्टुन क्या राम्रा बनायो कसले भनी ।

Nepal Telecom ad

मुख चाहिँ निकै ठूलो खाई तृप्त हुँदैनझैँ
आँखा छन् अति नै साना उदात्त दृष्टि छैनझैँ
पच्दैन हितको वाणी घाँटी छ साँघुरो अति
पेट अत्यन्त ठूलो छ खान सक्ने मिले जति

खुट्टा छन् लहुराजस्ता धान्लान् शरीर के गरी
छन् तीखा हातमा नङ्ग्रा पञ्जा हुन् बाघकासरि
पाइताला भने लामा छन् जो दौडन माहिर
पुगी लिग्लिगमा राजा हुनसक्ने छ जाँगर

कुर्सीको सपना बोक्ने फर्सी जत्रो छ टाउको
रक्त चुस्न मिले मानौँ बन्न सक्तछ ऊ जुको
परिवर्तनको टाँगी नयाँ बोर्ड निधारमा
पुरातन कुरा मात्र राखेको छ हियारमा

देशभक्त बनेको छ जनतासामुमा तर
विदेशी प्रभुका सामु झुकेको छ निरन्तर
देखी नेपालका नेता सोच्दो हो विधिले पनि
आहा ! कार्टुन क्या राम्रा बनायो कसले भनी ।

०००
नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कार्टुन

कार्टुन

गोविन्दराज विनोदी
हामी

हामी

गोविन्दराज विनोदी
उहाँ

उहाँ

गोविन्दराज विनोदी
बिसन्चो

बिसन्चो

गोविन्दराज विनोदी
कसरी भनूँ  ??

कसरी भनूँ ??

गोविन्दराज विनोदी
देशसेवा

देशसेवा

गोविन्दराज विनोदी
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x