साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कसरी भनूँ ??

सिङ्गो ऐना फुटालेर टुक्राटुक्राहरू सबै फेरि जोड्यौँ भनी टाँसी व्यर्थै भ्रान्ति फिजाउँदै गरेको धृष्टतालाई श्रेष्ठता कसरी भनूँ ? टुटेका मान्यतालाई एकता कसरी भनूँ ?

Nepal Telecom ad

यी अबोला शिलालाई देवता कसरी भनूँ ?
शब्द मात्रै थुपारेर कविता कसरी भनूँ ?

जहाँ मान्छेहरू बीच पाइन्न स्नेह-वैभव
सुनिँदैन जहाँ गीत वासन्ती युगको नव ।
यस्तो सङ्कीणर्तालाई नव्यता कसरी भनूँ ?
यो छाडा नग्नतालाई सभ्यता कसरी भनूँ ?

जहाँ मानिसमा हुन्छन् भोकका रोगका कथा
बुझ्ने धैर्य जहाँ छैन मान्छेका वेदना-व्यथा
यस्तो दुष्पात्रतालाई पात्रता कसरी भनूँ ?
यो क्रूर दुष्टतालाई मित्रता कसरी भनूँ ?

खेली अनीतिका खेल भन्दछन् “राजनीति“ यो
ल्यायौँ  रीति नयाँ भन्छन् फिँजी जालो कुरीतिको
यस्तो कुटिलतालाई शिष्टता कसरी भनूँ ?
यो त्याज्य तुच्छतालाई उच्चता कसरी भनूँ ?

सिङ्गो ऐना फुटालेर टुक्राटुक्राहरू सबै
फेरि जोड्यौँ भनी टाँसी व्यर्थै भ्रान्ति फिजाउँदै
गरेको धृष्टतालाई श्रेष्ठता कसरी भनूँ ?
टुटेका मान्यतालाई एकता कसरी भनूँ ?

जहाँ खेती छ मिथ्याको छैन सत्य निरूपण
श्रमको छैन सम्मान कर्मको छैन पूजन
यस्तो अभद्रतालाई भद्रता कसरी भनूँ ?
गतिको पश्चतालाई अग्रता कसरी भनूँ ?

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कार्टुन

कार्टुन

गोविन्दराज विनोदी
कार्टुन

कार्टुन

गोविन्दराज विनोदी
हामी

हामी

गोविन्दराज विनोदी
उहाँ

उहाँ

गोविन्दराज विनोदी
बिसन्चो

बिसन्चो

गोविन्दराज विनोदी
देशसेवा

देशसेवा

गोविन्दराज विनोदी
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x