साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डुकुलण्ठ जो बन्छ मण्डित

गण गह्नाउँदै गाँड कोर्दछन् भटभटाउँदै भाण्ड फोर्दछन् छ गणतन्त्रको चासनी जुठो पण तिराउँदै भन्दछन् मिठो ।

Nepal Telecom ad

ण जब झुण्डिँदै गर्छ ताण्डव
ण त हटाउने भन्दथे हिजो
तर बस्यो अझै के गरी लिसो
कति ग-यौँ मरी लेप औषधि
अझ खडा रह्यो चण्ड यो छुसी ।।

ण यदि फाल्नु हो गाण हट्तथ्यो
गन बनी मिठो शब्द बस्तथ्यो
न गणना हुने कृष्ण वित्तको
न डर नै हुने दण्ड चित्तको ।।

छ डुकुलण्ठ जो बन्छ मण्डित
फरफराउने मुण्ड झण्डित
दलहरू बनुन् खण्ड खण्डित
तर उही लुठो बन्छ पण्डित ।।

गण गह्नाउँदै गाँड कोर्दछन्
भटभटाउँदै भाण्ड फोर्दछन्
छ गणतन्त्रको चासनी जुठो
पण तिराउँदै भन्दछन् मिठो ।।

गजमुखे गणाधीशको भुँडी
भरणमै लगे जो थिए मणि
बनिरह्यो यता देश खाण्डव
गण बने खुशी चल्छ ताण्डव ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
म

एमपी पाण्डे
मिलाउनेले गाउँ त के देशै खाने भो

मिलाउनेले गाउँ त के...

रणबहादुर बुढाथोकी ‘भैया’
ल तपाईंलाई पनि बधाई छ !

ल तपाईंलाई पनि बधाई...

राजेन्द्रप्रसाद अधिकारी
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
0
Would love your thoughts, please comment.x
()
x