साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुख्याँचा छ एउटा

फिनी चोरिइसक्यो गहुँका गेडा गन्दै गर्दा, तेलको रोटी जस्तै फुर्ने बुख्याँचा छ एउटा ।

Nepal Telecom ad

खेतबारीमा दुम्सी कुर्ने बुख्याँचा छ एउटा
न्याय बेची भात हसुर्ने बुख्याँचा छ एउटा

यताउता हावा चल्दा हल्लिएझैँ गर्छ
मौका पाए आफै तुर्ने बुख्याँचा छ एउटा

कोमल मनको मान्छे हुँ म भन्नलाई भन्छ
सबथोक डकारेर घुर्ने बुख्याँचा छ एउटा

अभिनयमा पारङ्गत छ साँच्चै कलाकार जस्तो
दुम्सी स्याल घरमै पुर्ने बुख्याँचा छ एउटा

फिनी चोरिइसक्यो गहुँका गेडा गन्दै गर्दा
तेलको रोटी जस्तै फुर्ने बुख्याँचा छ एउटा ।

०००
बुटवल- ११, रुपन्देही
हाल हेटौँडा -४, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाज लागेजस्तो

लाज लागेजस्तो

देवराज तिवारी
‘हुइयाँ’

‘हुइयाँ’

देवराज तिवारी
पाँच ठोक्तक

पाँच ठोक्तक

देवराज तिवारी
माथि पुग्नुस्

माथि पुग्नुस्

देवराज तिवारी
पाँच थान ठोक्तक

पाँच थान ठोक्तक

देवराज तिवारी
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x