सुलसुलेडा.विदुर चालिसे कृत ‘लघुकथाकल्प’ लोकार्पण
त्रिभुवन विश्वविद्यालयमा भाषाविज्ञानका प्राध्यापक, अग्रणी भाषाविद्, नेपाल प्रज्ञा-प्रतिष्ठानको सम्पादकीय बोर्डका सदस्य प्रा.डा. माधवप्रसाद पोखरेलले उक्त पुस्तकको शनिबार लोकार्पण गर्नुभयो ।

काठमाडौं, ०८० वैशाख ३० । डा.विदुर चालिसे कृत ‘लघुकथाकल्प’को भर्चुअल माध्यम जूम मार्फत लोकार्पण भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् एन.डी.आर.आई.का पूर्वअध्यक्ष, त्रिभुवन विश्वविद्यालयमा भाषाविज्ञानका इमेरेट्स प्राध्यापक, अग्रणी भाषाविद्, नेपाल प्रज्ञा-प्रतिष्ठानको सम्पादकीय बोर्डका सदस्य प्रा.डा. माधवप्रसाद पोखरेलले उक्त पुस्तकको शनिबार लोकार्पण गर्नुभयो ।
लोकार्पित पुस्तकको प्रकाशक समेत रहेको नमस्ते आधुनिक लघुकथा मञ्चले भर्चुअल माध्यमबाट कार्यक्रमको आयोजना गरेको थियोे ।
नमस्ते आधुनिक लघुकथा मञ्चका सचिव वसन्त अनुभवको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रममा साहित्यकार एवम् समालोचक त्रय डा.हरिप्रसाद सिलवाल, डा.गीता त्रिपाठी र डा.शङ्करप्रसाद गैरेले विमोचित कृतिको समालोचना गर्नुभएको थियोे ।
लोकार्पण कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि प्रा.डा. माधवप्रसाद पोखरेलले लघुकथाकल्पमा भाषा विज्ञानको पुस्तकका लेखकले भाषाविज्ञान अध्ययनको आफ्नो प्रभावलाई समावेश गरेर लेखिएको हुँदा अन्य पुस्तकभन्दा लघुकथाकल्प (लघुकथन संशक्तिको आधार, आकांक्षा र शक्ति) पृथक र विशिष्ट भएको उल्लेख गर्नुभयो । साथै उहाँले लघुकथाको क्षेत्रमा यो नयाँ सैद्धान्तिक उपलव्धीको रूपमा नौल्याइँ भएर आएको विविध विशेषता बोकेको पुस्तकका रूपमा चर्चा गर्नुभयो ।
कार्यक्रममा लघुकथाकल्पभित्र नेपाली लघुकथाको क्षेत्रमा नवीन खोजपूणर् इतिहास, सिद्धान्त र प्रायोगिक पक्ष समाविष्ट भएको र यो कृतिले डा.चालिसेलाई लघुकथाविज्ञ भनेर चिनाउने कुरा समालोचक, साहित्यकार प्रा.डा. कुमारप्रसाद कोइरालाले बताउनुभयो भने साहित्यकार, कवि, कुथुङ्ग्रीका प्रयोक्ता, समालोचक पुष्कर लोहनी, साहित्यकारहरू डा. श्यामप्रसाद न्यौपाने, डा.शेखरकुमार श्रेष्ठ र कृष्ण बजगाईले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।
आफ्नो लोकार्पित कृतिबारे बोल्नुहुँदै डा.विदुर चालिसेले आम पाठक आफ्नो गुरु भएको र आफूले पाठक सामु आफ्नो गृहकार्य राखेको बताउनुभयो ।
कार्यक्रममा प्रा.डा. क्रिष्टोभ स्ट्रन्स्की (पोल्याण्ड), डा.हरिप्रसाद सिलवाल, डा.गीता त्रिपाठी, डा.शङ्करप्रसाद गैरेले कृतिमाथि विस्तृत समीक्षा गर्नुभयो भने श्रृजना शर्मा (गुवाहाटी, भारत), डा.श्यामप्रसाद न्यौपाने, विजय चालिसे, डा.हिमलाल श्रेष्ठ, राजेन्द्रकुमार आचार्य, अवधेश सिंह, विश्वराज अधिकारी, कृष्णजी शर्मा (घनश्याम डल्लाकोटी), वसन्त अनुभव, निर्मला बराल, बन्दना घिमिरे, दिनेश मैनाली, कमल पौडेल, नानीमाया अधिकारी, मित्र उराठी गौतम, मुरारि सिग्देल, सीता रेग्मी, रोहिणी लोहनी, सुधा बास्कोटा ढकाल, अनु विज्ञाति, शिवहरि अधिकारी, यमुना प्रधानाङ्ग मुना, गणेश नेपाली, अनिल आचार्य, विष्णु भण्डारी, इन्दिरा चापागाईं, मन गहिरे, शेखर अर्याल, उर्मिला पन्त पाण्डे, सुरेशकुमार पान्डे, आयुष बडाल, प्रतीक्षा पौडेल, अमित प्रधानाङ्ग लगायतका साहित्यकार, पत्रकार, लघुकथाप्रेमीहरूको उपस्थिति रहेकोे थियोे ।
मञ्चका अध्यक्ष कृष्णजी शर्मा (घनश्याम डल्लाकोटी) को अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रतीक्षा पौडेलले गर्नुभएको थियोे भने आयुष बडाल र अमित प्रधानाङ्गले प्राविधिक संयोजन गर्नुभएको थियो ।
प्रारम्भमा प्रविधिले केही अलमल गराए पनि पछि राम्रोसँग सञ्चालन भएको थियो ।
०००
समाचार श्रोत : शब्दपथ
Subscribe
Login
0 Comments
Oldest











































