साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विद्रूप वर्तमान

गोड्ने भन्दै मुलुक बिरुवा जो जरा काट्न थाले, हेर्दा हेर्दा पदसित तिनै देश यो साट्न थाले ।

Nepal Telecom ad

जान्नेसुन्ने पठित अगुवा मौन सत्तापरस्त
नालेबेली नियम विधि नै देखियो रोगग्रस्त ।
आँखा छल्दै दल र बलले भर्न लागे भकारी
कुर्सी, सत्ता, पद,सडकमा देखिए धुन्धुकारी ।।

पाए पैसा नियम नमिलोस् लाइने शीघ्र तोक
हाम्रा राम्रा, अवगुण सबै गर्दछन् ढाकछोप ।
सोझासाझा गरिबजनको लागि बन्दै छ पासो
आफैँ पापी पतित पदमा पोख्नु खै के गुनासो ।।

मानूँ आफू अधिपति तथा ठान्छ सर्वज्ञजस्तो
पैसा पाए पद पनि मिले देश चाहिन्न जस्तो ।
मेरो आफ्नो मुलुक जननी यो कुरा नै नजानी
आगो लाई घरभरि ढुकी को बटुल्ला खरानी ।।

उल्टो नक्सा यस मुलुकको कोर्न खोज्ने पदस्थ
पार्टीभन्दा अलग छ र को राष्ट्रवादी, तटस्थ ।
सत्ताधारी दल र दलका कार्यकर्ता विशिष्ट
कोही छैनन् प्रतिनिधि यहाँ पूर्ण कर्तव्यनिष्ठ ।।

सीमा मिच्दै विधि नियमका देश आफ्नो बिगारी
आफ्नो सानो घर परिधि पो राख्न थाले सिँगारी।
गोड्ने भन्दै मुलुक बिरुवा जो जरा काट्न थाले
हेर्दा हेर्दा पदसित तिनै देश यो साट्न थाले ।।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x