सुलसुलेहास्यव्यङ्ग्यकार कार्कीको कृति ‘सधैँ सधैँ’ सार्वजनिक
काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि यादव खरेललगायतले कार्कीको कृति सार्वजनिक गरे ।

काठमाडौं । हास्यव्यङ्ग्यकार नवराज कार्कीको मुक्तकसंग्रह ‘सधैँ सधैँ’ एक समारोहकाबीच सार्वजनिक भएको छ ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि साहित्यकार, गीतकार तथा चलचित्र सर्जक यादव खरेललगायतले कार्कीको कृति सार्वजनिक गरे ।
आफ्नो मन्तव्यमा स्रष्टा यादव खरेलले दशको दशकदेखि सुरु भएको मुक्तक लेखन आज समृद्ध विधा भएको जिकिर गरे । उनले भीमदर्शन रोका, टेकबहादुर नवीन, रत्नशमशेर थापा, कृष्णप्रसाद पराजुलीलगायतले यस विधालाई मलजल गरेको उल्लेख गर्दै यसै कारण पनि मुक्तक आज जनप्रिय विधा भएको बताए ।
कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतम र समालोचक ज्ञानु अधिकारीले पुस्तकमाथि समालोचकीय टिप्पणी गरे ।
नेपाल मुक्तक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अध्यक्ष रामकाजी कोनेले मुक्तक लेखनमा एकरूपता आओस् भनेरै चतुश्पदीय मुक्तक लेख्नुपर्ने भनिएको बताए ।
कार्यक्रममा कृतिकार नवराज कार्की, संगीतकार दीपक जंगम, रमेश पौडेल, यादव भट्टराईले मुक्तकका विषयमा बोले । उक्त अवसरमा अशेष मल्ल, राजेन्द्र शलभ र मोमिलाले कृतिबाट केही मुक्तकहरू वाचन गरेका थिए ।
Subscribe
Login
0 Comments
Oldest











































