साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रश्न

हाम्रो बाटो छेकेर ठूलाहरूको सवारी पनि सजिलै पास हुन्छन् तर जीवनको दोसाँधमा रहेको बिरामी मेरो बुवाको गाडी किन जाममा फसिरहन्छ आमा..?

Nepal Telecom ad

आमा….!
तिमीलाई थाह छ नि
मैले दिन रात साँझ बिहान नभनि
पसिना चुहाइरहेको
एकै छिन आराम लिएको
सम्झना छैन मलाई
तर, धेरै देश समृद्ध भैरहँदा
मलाई मात्र त्यो इमिग्रेसनको मसिन
किन शङ्का गरिरहन्छ आमा…?
के म गरीब मुलुकको भएर हो आमा ?

आमा….!
तस्करहरुले रातारात
तेत्तीस किलो सुनका डल्ला
मेरो एयर्पोर्टबाट रातारात
छिराएको कुरा तिमीलाई था छ नि
तर, अरबको उखर्माउलो गर्मीमा
छाला डढाएर कमाएको पैसाले
छोराछोरलाई पठाएको
दुई पोका चकलेट मेरो एयरपोर्टबाट
किन छिर्दैन आमा….?
आमा….!के मेरो एयर्पोर्ट तेत्ती सानो छ ?
ठूलो बनाउन के गर्नु पर्छ आमा ?

आफ्नो सुबिधा बढाउन
यहाँ छिनभरमै बिधेयक पास हुन्छ
हाम्रो बाटो छेकेर
ठूलाहरूको सवारी पनि सजिलै पास हुन्छन्
तर जीवनको दोसाँधमा रहेको
बिरामी मेरो बुवाको
गाडी किन जाममा फसिरहन्छ आमा..?
अझ भनौ तिम्रो खसमको चिनो
त्यो सिरानबारि सारा नियम पुगेर पनि
मालपोतमा किन पास हुदैन आमा…?
पास हुन के फेल हुनुपर्छ हो आमा…?

मान्छेको मूल्य स्थापित गर्न
आन्दोलनमा होमिदा
तिमीले मेरो बाटो छेकेकी थियौ नि
कोठामा बाहिरबाट चुक्कुल
लगाएर मलाई रोकेकी थियौ नि
पल्लाघरको सानेलाई बोलाई बोलाई
त्यो चुक्कुल खोल्न लगाएर
म त्यतिबेला लोकतन्त्र जिन्दावाद
भन्दै हिंडेको थिए नि !

सडक गल्ली अनि चोकहरू
जिन्दावाद र मुर्दावादले घन्किरहँदा
तिमीले त्यतिखेर मलाई कोठामा
किन थुनेकी थियौ आमा…?
मैले पक्रेको झण्डा किन खोसेकी थियौ ?
आज बल्ल थाहा पाउँदैछु नि आमा
तिम्रो दुरदर्शिता अनि देश प्रतिको आगाध प्रेम
कि तिमी औंठाछाप भए पनि
खुकुरी खुकुरी नै
र कर्द कर्द नै हुँदोरहेछ आमा….!

तिम्रो जीवन अनुभवको अगाडि
फिक्का छन् आज मेरो प्रमाण पत्रहरू
र म अहिले भावशुन्य भएर
शहीद शुक्रराजको सालिक अगाडि
उभिइरहेको छु निःशब्द
कि म पनि आज शहीद भएको छु !!
किनकी शहीद हुन
बन्दुकका कुन्दाले घोचिघोची मारिनु पर्दैन आमा

झण्डा नपक्रिएको निहुँमा
ताराहरूलाई कर्के आखाले हेरेको निहुँमा
म बारबार हर ठाउँ हर जगा
शहीद भएको छु आमा
मेरा आदर्शहरू शहीद भएका छन्
अब्बल भएर पनि आज निकम्मा भएको छु
किनकी शहीद हुन आजकल
मान्छे गोली लागेर ढल्नु पर्दैन आमा
सिफलमा झुन्ड्याइनु पर्दैन आमा
आमा तिम्रो छोरा जिउदै शहीद भएको छ
र तिमी शहीदकी आमा भएकी छ्यौ
गौरव गर्ने कि नगर्ने आमा…???

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कमरेड

कमरेड

प्रेम राई ‘परीक्षित’
भगवान्, मलाई शिक्षक बनाइदेऊ !

भगवान्, मलाई शिक्षक बनाइदेऊ...

प्रेम राई ‘परीक्षित’
बन्सोको साम्राज्य

बन्सोको साम्राज्य

प्रेम राई ‘परीक्षित’
शालिकको आव्हान

शालिकको आव्हान

प्रेम राई ‘परीक्षित’
राज्यको खुराफाती

राज्यको खुराफाती

प्रेम राई ‘परीक्षित’
भष्मासुरको अन्त्य

भष्मासुरको अन्त्य

प्रेम राई ‘परीक्षित’
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x