साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तातोपानी

बुहारीको साटोमा त्यो सबथोक गर्ने डल्लर पठाइ दिनु । कमसेकम हामी बुढाबुढीलाई राती तातोपानी तताएर त दिन्छ ।

Nepal Telecom ad

काठमाण्डौबाट घर गएको मौका पारेर प्रायजसो म गाउँका सबैजसो घरमा एकसरो पुग्ने गर्छु । एउटा कारण सबै छिमेकीसँग भेट्ने उद्देश्यले र अर्को कारण “काठमाण्डौ गए पछि ठूलो भै गो नि, अब हामीलाई किन गन्थ्यो र !” -भन्ने अबगालबाट बँच्नका लागि ।

यसपटक पनि म डुल्दै भोगेन्द्रबहादुर बस्नेतका घरमा पुगें । बुढा पिढीमा बसेर बिहानको पारिलो घाम ताप्तै रहेछ्न् ।
मैले उनका अघि पुगेर नमस्कार जेठाबामात्र के भनेको थिएँ; उनले पुलुक्क म तिर हेरे र भने-“ए ! बाहुन नानी पो ! ल राम्रै भो, मेरो एउटा जरुरी काम गर्नु थ्यो, कल्लाइ भनुँ कल्लाइ भै रहेका बेलामा तिमी आएछौ ।”
“के थियो र ! त्यस्तो जेठा बा ?” -मैले जानकारी लिने हेतुले सोधें ।
“हैन, अचेल मुबाइलबाटै चिट्ठी पठाउँन मिल्छ रे त्यसैले हाम्रो नरेलाइ चिट्ठी लेखेर पठाइ दिन्थेउ कि भनेर नि नानी”-बुढाले याचना मिश्रित स्वरमा आफ्नो आशय बताए ।
अनि बुढा पत्रको मजुबन भट्याउन थाले र म टाइप गर्दै गएँ-

नानी छोरा नरेन्द्र बस्नेत के
शुभासिर्बाद ।
आराम रही आरामीको कामना गर्दछु ।

नानी छोरा तिम्री आमा बर्षौं देखि थला परेर ओछ्यान लागेकी छ भन्ने कुरा त तिमीलाई थाहै छ । तीनधुरे पोख्रेलको छोरो आएको थियो अम्रिकानबाट र बडो फुर्तिसाथ-“हाम्रो अम्रिकानमा त हरियो डल्लर चैं हुनुपर्छ; डल्लरले जे पनि गर्छ”-भन्थ्यो । यहाँ तिम्री ओछ्यान लागेकी आमाले रातभरि पानी खोज्छे र पानी पानी भन्दै रात कटाउँछे । चिसो पानी कसरी दिनु ? तातो पानी दिनलाई, गएको असारदेखि दुईजुवा घाम न भै म बुढोका पनि नौ नारी चल्न छोडेकाले म पनि दिन नसक्ने भएकोछु । के गर्नु बुढाबुढी भएपछि ज्यानले तातो पानी नै खोज्ने रहेछ र तिमीले पठाइ दिएका पैसाले पानी तताइ दिँदैन । त्यसैले अब चैं नबिर्सिकन छोरा बुहारीको साटोमा त्यो सबथोक गर्ने डल्लर पठाइ दिनु । कमसेकम हामी बुढाबुढीलाई राती तातोपानी तताएर त दिन्छ ।
अरु भेटमा । उही तिम्रो मायाँ गर्ने बुबा,

भोगेन्द्र बहादुर बस्नेत
बोया-माङसिङ्टार, भोजपुर

गौरादह-७, झापा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
0
Would love your thoughts, please comment.x
()
x