सुलसुलेतुलसी दिवस र शैलेन्द्र साकारका कविता सुनिए
विशिष्ट अतिथि तथा कवि अमृता स्मृतिले संस्थाको लुम्बनी प्रदेश शाखाले हालै प्रकाशन गरेको ’लुम्बिनी दर्पण’ को गहन रुपमा समीक्षा ।

विश्व नेपाली साहित्य महासंघको नेपाल शाखाले विश्वकवि लोक संस्कृतिविद तुलसी दिवस र शैलेन्द्र साकारलाई भर्चुअल माध्यमबाट एउटै मन्चमा जम्मा गरेर हालै कविता सुन्ने र सुनाउने कार्यक्रम भव्यतासाथ सम्पन्न गरेको खबर छ । उक्त अवसरमा बेलायतबाट विशिष्ट अतिथि डा मधुकृष्ण श्रेष्ठले संस्थाका संस्थापक अध्यक्ष र सल्लाहकारको रुपमा शुभकामना दिनु भयो । विशिष्ट अतिथि तथा कवि अमृता स्मृतिले संस्थाको लुम्बनी प्रदेश शाखाले हालै प्रकाशन गरेको ’लुम्बिनी दर्पण’ को गहन रुपमा समीक्षा गर्दै पत्रिकामा विभिन्न देशबाट समेत सङ्कलन गरिएको स्तरीय रचना समेत समावेश हुनु सार्थक उपलब्धी मान्नु पर्दछ भन्नु भयो ।
संस्थागत रुपमा पुस्तक र पत्रपत्रिका प्रकाशन गर्दा स्तरीयता मुख्य रुपमा हेरिनु पर्दछ भन्नु हुँदै आगामी दिनमा संस्था प्रकाशन तर्फ अझै अगाडि बढोस् भन्ने शुभकामना दिनु भयो। वरिष्ठ उपाध्यक्ष केशु पोखरेलको शुभकामना मन्तव्यबाट शुरु भएको कार्यक्रममा प्रा.डा. गोविन्दमान सिंह कार्कीले शुभकामनासहित एउटा कविता वाचन गरी कार्यक्रममा उर्जा थप्नु भयो । डा साबित्री श्रेष्ठले पनि संस्थालाई शुभकामना दिनुहुँदै भविष्यमा सहकार्य गरी अघि बढ्ने कुरा गर्नु भयो ।
उक्त कार्यक्रममा नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुले संस्थाको बागमती प्रदेश शाखा निम्नानुसार गठन भएको घोषणा गर्नु भयो- सल्लाहाकारहरू डा. शैलेन्दु प्रकाश नेपाल, चन्द्रा न्यौपाने, दुर्गा अधिकारी ‘भमरकोटे’, द्वारिका कुँइकेल र गुप्तबहादुर श्रेष्ठ । तोयानाथ सुवेदीको अध्यक्षतामा उपाध्यक्ष सुशीला ढकाल, सचिव माधव विडारी, सह सचिव पूणर्िमा प्रतिविम्ब, कोषाध्यक्ष पुनम घिमिरे, सह कोषाध्यक्ष सुस्मिता अर्याल ‘जिज्ञासु’ र सदस्यहरू जिज्ञासु पौडेल तिलक, बासुदेव ठकुरी, विमला ढकाल, पवनकुमार बुढाथोकी, दिनमान गुर्मछान, असिम सागर, उषा आचार्य, बाबुकाजी सिलवाल, रश्मि रिमाल, रमा घिमिरे, पलपल समिप,शारदा आचार्य, सङ्गीता झा ठाकुर, हरि रिजाल हरिप्रिया र गंगा आचार्य ।
इजरायलबाट केन्द्रीय महासचिव सुनिता राई कन्दङ्गवाले नयाँ बागमती प्रदेश शाखालाई बधाइ दिदैँ कार्यक्रमको लागि नेपाल शाखालाई विशेष धन्यवाद दिदैं कविता वाचन पनि गर्नु भयो । बागमती शाखाको तर्फबाट उपाध्यक्ष सुशीला ढकाल र सचिव माधव बिडारीले बागमती शाखाले संस्थाको गरिमा बढाउने गरी प्रत्येक महिना कार्यक्रम गर्ने जानकारी दिनु भयो । पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार मणिराज सिंह, ऋषिराम सापकोटा, प्रतिमा शर्मा लगायत प्रदेश न १ बाट मुना सिग्देल, लुम्बिनी प्रदेशबाट लेकप्रसाद प्याकुरेल बाँके जिल्लाबाट गीता अर्यालले शुभकामना व्यक्त गर्नुभयो ।
केन्द्रिय समितिकी महासचिव सुनिता राई कन्दङ्गवाले नेपालमा यसरी प्रदेश शाखाहरू गठन भैरहेकोमा खुशी व्यक्त गर्दै शाखाले मिलेर साहित्यमा राम्रो काम गर्दै जान अनुरोध गर्नु भयो ।
विशिष्ट अतिथि शैलेन्द्र साकारले शुभकामना दिँदै वि.सं. २०३१ सालमा उहाँसहित ४ जना कविहरूले काठमाडौंको न्यूरोड पिपलबोटमा गरेको बुटपालिस आन्दोलनको औचित्य बारे प्रकाश पार्नु भयो । साकारले भर्खरै प्रकाशित “अरु सात समुन्द्र” बाट अमेरिकी परिवेशमा रचना गरिएको एउटा कविता वाचन गरी कार्यक्रममा रोचकता थप्नु भयो । प्रमुख अतिथि तुलसी दिवसले बुझेर कविता वाचन गर्नु पर्छ भन्नु हुँदै उहाँले विश्वका ७०/८० स्थानमा निमन्त्रणा मानेर कविता वाचन गरी विश्व घुमेको, खर्च पनि पाएको, नेपाली साहित्य र कवितालाई विश्वभर चिनाएकोमा आफूलाई गर्व लागेको छ भन्नू हुँदै आगामी हप्ता आफू विश्वस्तरीय कविता गोष्ठीमा भाग लिन सिमला जान लागेको जानकारी दिनुभयो । सो अवसरमा कविता वाचन गर्दै यो संस्थाले अघिल्लो पटक लण्डनमा आयोजित सम्मेलनमा उहाँलाई सम्मान गरेको स्मरण गर्नु भयो । नेपाल शाखा र बागमती प्रदेशलाई शुभकामना दिनुभयो र आफ्नो कविता वाचनद्वारा सबैलाई मन्त्रमुग्घ पार्नु भयो ।
कार्यक्रमको दोस्रो चरणमा निम्न कविहरूले कविता वाचन गर्नु भयो- मणिराज सिंह, असिम सागर, पूणर्िमा प्रतिबिम्ब, सुशिला ढकाल अधिकारी, सीता कार्की विष्ट,जनार्दन अधिकारी धडकन, गंगा आचार्य सापकोटा, अम्बिका याम्फु अनमोल, चन्द्रा न्यौपाने, रश्मी रिमाल, सुनिता राई कन्दङ्वा, माधब बिडारी, सरस पाण्डे, गंगाराम ढकाल । सबैको उपस्थितिप्रति धन्यवादसहित कार्यक्रमको समापन अध्यक्ष कल्पना पौडेल जिज्ञासुले गर्नु भयो ।
Subscribe
Login
0 Comments
Oldest












































