साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कार्टुनमा भ्रष्टाचारका विविध रुप

कार्टुनिस्ट क्लब अफ नेपालको आयोजना तथा सिएमआरको सहकार्यमा महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरीमा भएको उक्त प्रदर्शनीमा ३६ कार्टुनिस्टका ५० कार्टुन राखिएको थियो ।

Nepal Telecom ad

कास्की । भ्रष्टाचारविरुद्ध समाजमा सचेतना जगाउने लक्ष्यका साथ गरिएको तीन दिने कार्टुन प्रदर्शनी सम्पन्न भएको छ । कार्टुनिस्ट क्लब अफ नेपालको आयोजना तथा सिएमआरको सहकार्यमा महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरीमा भएको उक्त प्रदर्शनीमा ३६ कार्टुनिस्टका ५० कार्टुन राखिएको थियो । ‘निसाना’ भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी शीर्षकमा गरिएको उक्त प्रदर्शनी राजनीतिक, सांस्कृतिक, सामाजिक, शिक्षा, स्वास्थ्य, पर्यावरण, मानवअधिकार, न्यायक्षेत्र लगायतमा हुने भ्रष्टाचारका विविध पक्षमा केन्द्रित रहेर कार्टुन तयार पारिएको थियो ।

प्रदर्शनीको अवसर पारेर अग्रज कलाकार तथा कार्टुनिस्ट दुर्गा बराल ‘वात्स्सायन’ ले कार्टुनले खराब तत्वलाई प्रहार गर्दै समाज र राजनीतिलाई सचेत बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे । प्रदर्शनीमा राखिएका कार्टुनको महत्व र आवश्यकता विषयक अन्तक्र्रिया कार्यक्रममा उनले सशक्त कार्टुनले राजनीति र समाजलाई सचेत गराउँदै भ्रष्ट आचरण सुधार्न सहयोग पुग्ने धारणा राखे । बरालले भने, ‘नेपाली कार्टुन कुनै विदेशी कार्टुनभन्दा कम छैनन् ।’ उनले कार्टुनमा हास्य रसभन्दा पनि व्यंग्य महत्वपूणर् हुने विचार व्यक्त गरे ।

यस्तै, समालोचक सुरेश रानाभाटले कार्टुनिस्टले मस्तिष्कलाई झट्का दिने गरी कार्टुन बनाएको बताए । उनले प्रदर्शनीमा राखिएका कार्टुनले समाजमा रहेको विकृत मनोविज्ञानलाई सशक्त रुपमा उठान गरेको जिकिर गरे । रानाभाटले भने, ‘कार्टुनको आयाम र आयतन निकै सशक्त र प्रभावकारी हुने भएकाले यसले समाजका सबै क्षेत्रमा हुने अनियमितताका विषयलाई अझै विशिष्ट ढंगले उठाउने अपेक्षा आमपाठक एवं मानिसको रहेको छ ।’ क्लबका निवर्तमान अध्यक्ष अविन श्रेष्ठले कार्टुनिस्ट जहिल्यै पनि प्रतिपक्ष हुने भएकाले सत्तापक्षको नजरमा परिरहने बताए । उनले भने, ‘कार्टुन समाजमा सचेतना जगाउने सशक्त माध्यम हो । यसले आममानिसलाई सतर्क बनाउँदै आफ्नो दायित्वप्रति सबैलाई घच्घचाउन मद्दत गर्दछ ।’

क्लबका अध्यक्ष वासु क्षितिजले कार्टुन प्रदर्शनीको औचित्यमाथि प्रकाश पार्दै समाजमा विद्यमान विकृतिप्रति कार्टुनिस्टले व्यंग्यमार्फत सचेतना जगाएको बताए । उनले पछिल्लो समय सांस्कृतिक, राजनीतिक, नीतिगत, आर्थिक लगायतका विविध क्षेत्रमा भ्रष्टाचारले जरा गाडेको सुनाउँदै यसलाई कम गर्न सबै जागरुक बन्नुपर्नेमा जोड दिए । अन्तक्र्रिया कार्यक्रममा डिजिटल प्रविधि, नयाँ पुस्ताका कार्टुनिस्टले गर्नुपर्ने काम तथा सञ्चार माध्यममा कार्टुनको महत्वका बारेमा रामचन्द्र तिवारी, इशान थापा, हरेराम जोजु, बामन चालिसे लगायतले जिज्ञासा राखेका थिए ।

साथै कार्टुन, कार्टुनिस्ट तथा प्रदर्शनीमा राखिएका कार्टुनका विषयमा समेत उनीहरुले प्रश्न राखेका थिए । प्रदर्शनीको शुभारम्भ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले गरेका थिए । अध्यक्ष क्षितिजले भ्रष्टाचारका विरुद्ध देशका सातै प्रदेशमा कार्टुन प्रदर्शनी गर्न लागिएको जानकारी दिए । उनका अनुसार यसअघि वागमती प्रदेशअन्तर्गत काठमाडौंमा उक्त प्रदर्शनी भइसकेको छ ।

-शौर्य अनलाइन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x