साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्मृति विशेष कार्यक्रम सम्पन्न

साहित्य संगम मकवानपुरले गोविन्द खड्का र अप्सरा तिम्सिना लम्सालको स्मृतिमा विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

Nepal Telecom ad

हेटौँडा, श्रावण १४ । साहित्य संगम मकवानपुरले गोविन्द खड्का र अप्सरा तिम्सिना लम्सालको स्मृतिमा विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

साहित्य संगम तथा सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त भवनमा भएको उक्त कार्यक्रममा स्रष्टाहरूका सम्झनामा मौनधारण गर्दै कार्यक्रम शुरू गरिएको थियो ।

कार्यक्रम साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा प्रमुख आतिथ्यता तुल्सी थापाको रहेको थियो ।

संगम उपाध्यक्ष सानु खनालले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभयो भने स्व. गोविन्द खड्काका भाई दीपक खड्काले स्वर्गीय व्यक्ती बारे बोल्दै कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलले दिवंगत व्यक्तित्वहरू र उहाँहरूका रचनाबारे भनाई राख्नुभयो ।

रियाज कार्की, सुस्मिता ढुंगाना, आयुष्मा भण्डारी, लक्ष्मण पौडेल, हरि पौडेल, सञ्जीत श्रेष्ठ, मेनु तिमल्सिना, सानु खनाल, निरा शर्मा, विष्णु गौतम, यश लामा आदिले रचना वाचन गर्नु भएको थियो ।

सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटा, गजलमञ्च मकवानपुरका अध्यक्ष केशव समर्पण लगायतका साहित्यिक संस्थाका प्रतिनिधि तथा साहित्यकार, पत्रकारहरूको उपस्थिति रहेको कार्यक्रम मुक्तक मञ्चका अध्यक्ष डिबी बर्तौलाले सञ्चालन गर्नुभएको हो ।

– संप्रस पौडेल, हेटौँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x