साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झापामा स्रष्टा रेणुका भट्टराई सम्मानित

नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकासमा लामो समयदेखि निरन्तर खटिरहेकाले उनलाई सम्मान गरिएको हो । प्राज्ञ हरिचन्द्र लावतीलाई पनि सो सम्मानबाट सम्मान गरिएको थियो ।

Nepal Telecom ad

भद्रपुर, झापा । १४ श्रावण २०७९। काव्य घर नेपालले साहित्यकार रेणुका भट्टराईलाई ‘काव्य घर नेपाल २०७९’ बाट सम्मान गरेको छ ।

झापाको चन्द्रगढीस्थित राधानन्द सिटी मार्केटमा एक कार्यक्रम बिच उनलाई सम्मान गरिएको हो । नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकासमा लामो समयदेखि निरन्तर खटिरहेकाले उनलाई सम्मान गरिएको हो । प्राज्ञ हरिचन्द्र लावतीलाई पनि सो सम्मानबाट सम्मान गरिएको थियो ।

सम्मानित रेणुका भट्टराईको नन्दप्रसाद पौडेलको जीवनीमा आधारित कृति ‘समाजसेवी यात्रामा नन्दप्रसाद’ को पनि विमोचन गरिएको थियो । अतिथिहरूबाट सामूहिक रूपमा विमोचन गरिएको सो कृतिबारे साहित्यकार तिला लेकालीले समीक्षातम मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार चूडामणि रेग्मी प्रमुख आतिथि, पूर्व अञ्चल न्यायाधीश नन्दप्रसाद पौडेल विशिष्ट अतिथि, भद्रपुर नगरपालिकाका उपप्रमुख राधिका कार्की र प्राज्ञ सुभद्रा भट्टराई विशेष अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा चूडामणि रेग्मीले झापा साहित्यको उर्वरभूमि रहेको बताउनु भयो ।

कार्यक्रममा कृष्ण निराकार, देवीचरण भण्डारी र भद्रपुर नगरपालिका वडा-८ का वडाध्यक्ष मनोज सुब्बा लगायत मन्तव्य प्रस्तुत गर्नु भएको थियो ।

काव्य घर नेपालका अध्यक्ष राजकुमार खड्गाको सभापतित्वमा सप्पन्न कार्यक्रमको सञ्चालन संगम सुहाङले गरेका थिए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x