साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रदूषण

चिन्ता लाग्छ कुनै दिन उल्टी रोक्ने औषधिको अभाव भयो भने ? मान्छेहरूले भन्ने छन् केही साल अघिसम्म यहाँ राजनीति मार्फत देशको शासन चल्थ्यो ।

Nepal Telecom ad

कुरा, थुक्नेहरूको होइन
कुरा, भुक्नेहरूको हो
घोक्नेहरूको कुरा होइन
खोक्नेहरूको कुरा गरेको
ठिकै पढ्नु भो
हो लेखिएको यही हो
थुक्नेले घर मात्र फोहर गर्छ
भुक्नेले सारा मुलुक
घोक्नेले कोठाको ध्वनि प्रदूषण गर्छ
खोक्नेले सर्वत्र प्रदूषण
धेरै भयो अब
खोकीका कर्कस आवाजहरू
अविछिन्न रुपमा प्रवाहित भइरहेका छन्
अचेल खोकी अनेक स्वरूपमा देखिन्छ
धाक रवाफका खोकी
दम्भका खोकी, ज्ञानका खोकी
नादानी र ईष्र्याका खोकी
मालिक रिझाउने खोकी
मुटु बिझाउने खोकी
नक्कली चिन्ता र तेजोवधका खोकी
जब खोकीले सीमा नाघ्छ
उल्टी हुन सुरु गर्छ
बेलैमा ओखतीमूलो गरे
उल्टी रोकिन सक्थ्यो
केही बेर भए पनि
अस्थायी शान्तिको आभास मिल्थ्यो
तर
पुनः खोकी दोहोरियो भने
बिस्फोट हुन सक्छ,
त्यसैले
चिन्ता लाग्छ
कुनै दिन
उल्टी रोक्ने औषधिको अभाव भयो भने ?
मान्छेहरूले भन्ने छन्
केही साल अघिसम्म
यहाँ राजनीति मार्फत
देशको शासन चल्थ्यो ।

कालिका ६, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कलश चोरलाई खुलापत्र

कलश चोरलाई खुलापत्र

चिरञ्जीवी दाहाल
सुन कागती र गोजी कागती

सुन कागती र गोजी...

चिरञ्जीवी दाहाल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
धूपको धुवाँ र चुरोटको धुवाँ

धूपको धुवाँ र चुरोटको...

चिरञ्जीवी दाहाल
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x