साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वभाव

म ब्रह्म जगत् को ठुलो शक्ति माली म पार्टी हुँ एक्लै अरू हन्तकाली । म सत्ता सबैको म नै राजधानी सबै रात जस्ता म मात्रै बिहानी दफा ऐन सारा पढुन् लौ मलाई म नै गर्छु सारा धराको भलाई ।

Nepal Telecom ad

म जान्ने म बाठो म नै कर्मयोगी
म विद्वान् चनाखो अरू तुच्छ जोगी
म राम्रो सुमार्गी म नै धैर्यशाली
म नै पूणर् मान्छे अरू नग्न खाली ।

म नै सभ्य जाती म नै श्रेष्ठ आहा
बिगार्छन् अरूले सधैँ हुन्छ स्वाहा
म नेपाल पारूँ सधैँ भन्छु राम्रो
अरू काम गर्छन् नराम्रै नराम्रो ।

अरू चोर डाका सबै खन्चुवा छन्
गफाडी हरामी अझै धूर्त झन् झन्
सधैँ जाल थाप्छन् ढुकी मार्ग गौँडा
महान् मै छु मान्छे भए अन्य छौँडा ।

उज्यालो म मात्रै सबै छन् अँध्यारा
म नै मूल हुन् तिर्तिरे अन्य धारा
म ब्रह्म जगत् को ठुलो शक्ति माली
म पार्टी हुँ एक्लै अरू हन्तकाली ।

म सत्ता सबैको म नै राजधानी
सबै रात जस्ता म मात्रै बिहानी
दफा ऐन सारा पढुन् लौ मलाई
म नै गर्छु सारा धराको भलाई ।

दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
विचार पथका चेलाहरू हो सुन

विचार पथका चेलाहरू हो...

बिन्दु दहाल ‘मूकदर्शक’
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x