साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ए झरी !

बिचरा किसान कोही धान सुक्यो भनेर कराउँछ कोही खेत फुटो भनेर कराउँछ कति धान खेतमै बसेर बर्बराउँछ किसान निरास भएको बेला हाहाहिही गर्दै राक्षस आको जस्तो आउँछस् र किसानलाई आशा भरोसा ल्याउँछस् ।

Nepal Telecom ad

ए झरी !
के गरेको यस्तो गरी ?
कहिले सताउने दिनहुँ परि
कहिले अताउने पर्दै नपरि ?
हामीले खेत जोत्ने मरीमरी
तँ चाहिँ
कहिले धान बगाउने ह्वात्त परि
कहिले धान सुकाउने सुख्खा गरी
तर भन्नु छैन कहिलै सरी
के चाला हो यार तेरो मनपरी ?

तलाई थाह छ नि
सरकारले त न सिँचाइ द्याछ न कुलो द्याछ
न कुनै अनुदान, न कुनै औषधी मुलो द्याछ
कालो बजारीया गर्नेहरूको यहाँ गोरु नै ब्याछ
अनुदान पनि ल्याछ त यहाँ ठुलोले नै ल्याछ
हामी जस्तो खास किसानलाई भुत्रो द्याछ ?
कृषक जुटाउछ बिउ मल मरीमरी
कति महङ्गोमा किन्नु छ मल ऋण गरी
सरकारले दिँदैन कहिले ट्याम हेरी
तँ मुला झन निहु खोज्छस् घरीघरी !

ए झरी ! के गरेको हरि !!
कहिले तरुनी भेट्न् आ जस्तो
दिनहु टुप्लुक्क आउछस्
कहिले तरुनी उडा जस्तो
कता हराउँछस् हराउँछस् !
त बजियाले पनि हामीलाई
कम्ति उकुसमुकुस गराउँछस्
दुईचार दिन गड्याङ गुडुङ गर्छस्
र खेत जोताएर धान छराउछस्
त्यसपछि
छोरो मुग्लान छिरे जस्तो
बेपत्ता भएर हराउँछ
बिचरा किसान
कोही धान सुक्यो भनेर कराउँछ
कोही खेत फुटो भनेर कराउँछ
कति धान खेतमै बसेर बर्बराउँछ
किसान निरास भएको बेला
हाहाहिही गर्दै राक्षस आको जस्तो आउँछस्
र किसानलाई आशा भरोसा ल्याउँछस् ।

ए झरी !
अब आउँदा समयमा आ झरी
सरकारले जस्तो तैले पनि
गरिवलाई न रुवा न घरीघरी
यो पाली बालीनाली सप्रियो भने
खुशी मनाउनेछौं तेरो पूजा गरी ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x