
भ्यालेन्टाइम्सै मनाइनँ
बरु भन कति पैसो कमाउछौ ? यो पाली मायाँको चिनो के थमाउछौ ? गुलाब फूलमा एउटा सुनको चेन चाहिन्छ नत्र सित्तैमा यो माया कहाँ पाइन्छ ?

प्रेम ओली ढकलपुरे :
जसलाई गर्लफ्रेन्ड ठान्थेँ
एक दिन उसको पत्र आयो
पत्र पढेर केटोले गम खायो
प्रिय तिमीसित
भ्यालेन्टाइन मनाउन त आउछु
तर एउटा सर्त छ
यो पाली मलाई रोज दिँदा खाली रोज मात्र हैन
रोजमा मोबाइलको गमला चाहिन्छ
हजुर आमाको जस्तो एक सर्को बिँडीमा
अहिले त माया कहाँ पाइन्छ ?
आफू त यस्तो यस्तो प्रेमी बनाउने हो
सात दिन सात रात भ्यालेन्टाइन मनाउने हो
एक दिन बर्गर र बियर खाने हो
अर्को अर्को दिन फिल्म हेर्न जाने हो
भन यो पाली घुमाउन कहाँ लाने हो ?
आफूलाई भ्यालेन्टाइन मनाउन
फूलले मात्र कहाँ हुन्छ ? थरीथरीका कपडा चाहिन्छ
हजुर आमाको जस्तो एक खिल्ली चुरोटमा
यो जमानामा माया कहाँ पाइन्छ ?
आफूले त यो बर्ष सात दिन एउटासँग
भव्य भ्यालेन्टाइम्स मनाउने हो
अर्को वर्षको लाग अर्कै प्रेमी बनाउने
आफू त नयाँ जमानाको नयाँ बिचारको परियो
सात जनमलाई मायापिरम कहाँ चल्छ
अब त मायापिरम सात दिनमै ढल्छ ।
बरु भन कति पैसो कमाउछौ ?
यो पाली मायाँको चिनो के थमाउछौ ?
गुलाब फूलमा एउटा सुनको चेन चाहिन्छ
नत्र सित्तैमा यो माया कहाँ पाइन्छ ?
यति खबर पाएपछि उनलाई,
मेरी भ्यालेन्टिना बनाइनँ
यो मन्दिमा कले खर्च गर्छ ?
बरु भ्यालेन्टाइम्सै मनाइनँ ।
०००
घट्टेकुलो, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest