जीवन ‘पीडित’ दाहालयातना
मिसेस् न्यौपाने र आगन्तुकको वार्तालाई मतलबै नराखे जस्तो गरेर कान थापी रहेको मि. न्यौपानेले मनभित्रै दुखेसो पोख्यो- “के गर्नु ? साट्न नहुने ।” र आगन्तुकको ब्यथा सुनिसकेकी मिसेस् न्यौपानेले पनि मनमनै भनिन्- “बजिया मलाई पर्नु पर्ने यसलाई परेछ ।”

नयाँ क्लाइन्ट आफ्नो कार्यालयमा छिरेको देखेर सहयोगी ल च्याम्बरका वरिष्ठ अधिवक्ता मि.न्यौपाने र अधिवक्ता मिसेस् न्यौपाने दुबैका आँखा ठूला भए ।
आगन्तुक महिला गएर मिसेस् न्यौपानेको अघि रहेको खाली कुर्सीमा बस्तै भनिन्- “मलाई साह्रै नै गाह्रो भयो वकिल साब्, जसरी भए पनि मलाई बचाउनु पर्यो ।”
“किन ? के भयो र ?”- मिसेस् न्यौपानेले जिज्ञासा राखिन् ।
आगन्तुकले पहिले पुलुक्क मि. न्यौपानेतिर हेरिन् । आगन्तुक बोल्न अलि धकाएजस्तो गरेको थाहा पाएकी मिसेस् न्यौपानेले परिस्थितिलाई सहज बनाउने अभिप्रायले भनिन्- “आफ्नो कुरा निर्धक्क राख्नुस् केही फरक पर्दैन ।”
आगन्तुक मिसेस् न्यौपानेतर्फ अलि झुकिन् र लाज मान्दै मसिनो स्वरमा भनिन्- “मलाई लोग्नेले साह्रै दुःख दिन्छ वकिल साब् । दिनमा एकपटक त भैगो भनेर चित्त बुझाएकै हो तर कहिले त दिनमैं दुई तीनपटक समेत गाँज्न छोड्दैन । मेरो पनि त हाडमासुकै ज्यान हो, मेरो लागि उसको यस्तो हर्कत यातना हुन्छ भनेर न आजसम्म बुझ्यो न बुझ्ने कोशिस नै गर्यो । तपाईं आफैं भन्नुस् त यस्तो राक्षससँग कसरी जिन्दगी बिताउन सकिन्छ ? त्यसैले म उसको यस यातनाबाट छुटकारा पाउन चाहन्छु ।”
मिसेस् न्यौपाने र आगन्तुकको वार्तालाई मतलबै नराखे जस्तो गरेर कान थापी रहेको मि. न्यौपानेले मनभित्रै दुखेसो पोख्यो- “के गर्नु ? साट्न नहुने ।”
र
आगन्तुकको ब्यथा सुनिसकेकी मिसेस् न्यौपानेले पनि मनमनै भनिन्- “बजिया मलाई पर्नु पर्ने यसलाई परेछ ।”
गौरादह-७, झापा ।
Subscribe
Login
0 Comments
Oldest








































