साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रमितामाझ १० कविता

कहिले करोड करोडको डिलिङ छ कहिले बालुवाटारै बेच्ने अरे । घाँटीबाट लौरो खाँदेर अटेसमटेस घिच्ने अरे । मोजा बदल्न नजान्नेले देश बदल्ने कुरा गरेका छन् । देशले माग्यो भन्दै भिडाउँदा कोही शहीद हुनलाई मरेका छन् ।

Nepal Telecom ad

१.
भ्रष्टाचार
आफ्नो सरकार हुँदा-
निमिट्यान्न हुन्छ
अर्कोको सरकार आएपछि-
घाँटीघाँटी आउँछ ।

२.
जिउ गन्हाए पनि हुन्छ तर
ईज्जत गन्हाउनु भएन ।
गन्हाएको त नाकै हो
पेट्रोलले धुँदा पनि गएन ।

३.
कहिले करोड करोडको डिलिङ छ
कहिले बालुवाटारै बेच्ने अरे ।
घाँटीबाट लौरो खाँदेर
अटेसमटेस घिच्ने अरे ।

४.
मोजा बदल्न नजान्नेले
देश बदल्ने कुरा गरेका छन् ।
देशले माग्यो भन्दै भिडाउँदा कोही
शहीद हुनलाई मरेका छन् ।

५.
एउटा माफियाले अर्को माफियालाई
ओई माफिया भन्यो ।
आफ्नै मनले बोलाएछ भनी
पहिलो दङ्ग पर्‍यो ।

६.
सलाद सलादविना टुहुरो छ
अर्थात्
सलाद
जहाँ सबथोक छ, सलाद छैन ।

७.
फाल्नका लागि थोत्रा जुत्ता
झोलाभित्र कोचेर राखिएका थिए
एउटा जुत्ताले जिब्रो बाहिर निकाल्दै बोल्यो
हजुरका नेताका गलामा सजिनका लागि
चुनावपछि त म पनि काम लाग्छु नि मालिक
हो
अक्सर म थोत्रा जुत्ता फाल्दिनँ ।

८.
छोरीलाई अधिकार माग्नेले
बुहारीलाई दिनु पर्छ कि पर्दैन ?
उनले सन्तान जन्माउन पाउँछिन्
नागरिकता पाउनुचाहिँ पर्दैन ?

९.
माला लगाउन मन हुन्छ उहाँलाई
जति नै किलोको भैदियोस् ।
जुत्तैको किन नहोस् तर
भिर्दा सजिलो भैदियोस् ।

१०.
धान, मकै, तरकारी,
सिमेन्ट र छड बेच्ने होइन
विदेशमा बेच्ने भनेकै
मान्छे हो मान्छे
तरह तरहका कानून बनाएर
सरकार त्यही काम गरिरहेछ ।

हेटौडा, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x