साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपम सिर्जना प्रतिष्ठानको ११५ औँ श्रृङ्खला

राजधानीकाे पश्चिमभेगमा साहित्यिक गतिविधिमा सकृय अनुपम सिर्जना प्रतिष्ठानको ११५ औं श्रृङ्खला स्वतन्त्र काव्य गोष्ठीको रुपमा रचना वाचन गरी सम्पन्न भयो ।

Nepal Telecom ad

काठमाडौं, २०७९ श्रावण २१ । राजधानीकाे पश्चिमभेगमा साहित्यिक गतिविधिमा सकृय अनुपम सिर्जना प्रतिष्ठानको ११५ औं श्रृङ्खला स्वतन्त्र काव्य गोष्ठीको रुपमा रचना वाचन गरी सम्पन्न भयो ।

प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष प्राज्ञ नरनाथ लुइटेलको अध्यक्षता एबं साहित्यकार देवीप्रसाद मिश्रको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनलाइनको यस किसिमको कार्यक्रमले भौगोलिक सीमा टाढा भएकालाई पनि एकै थलोमा जोडेकोमा खुशी व्यक्त गर्नु भयो ।

सुधा बास्कोटा ढकालको कुशल उदघोषणमा भएको काव्य गोष्ठीमा जनार्दन अधिकारी धड्कन, जगदीश्वर पोखरेल, लक्ष्मीप्रसाद मिश्र, उर्मिला पन्त, उत्तम भेटवाल, विनु बाबा घिमिरे, भावकेशर बराल, दुर्गा रिमाल अधिकारीले आ-आफ्ना रचना प्रस्तुत गर्नु भएको थियो । अस्वस्थताको कारण पनि जोडिनु भएका प्रतिष्ठानका अध्यक्ष भुवनहरि सिग्देलले आज संख्यात्मक कमी भए तापनि गुणात्मक गोष्ठी भएको उल्लेख गर्नु भयो ।

अन्तमा सभापति प्राज्ञ नरनाथ लुइटेलले ११४ औं श्रृङ्खलामा जोडिने साहित्यकारहरुको अमूल्य समयको योगदान भएकोले हामी सफल भएका हौं भन्नु भयो । उहाँले आफ्नो हास्यव्यङ्ग्य रचना प्रस्तुत गरी सम्पूर्ण सहभागीहरूलाई धन्यवाद दिँदै कार्यक्रम समापनको घोषणा गर्नु भएको थियो ।

-जनार्दन धड्कन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x