सुलसुलेआँचलद्वारा सम्मान तथा रचना वाचन कार्यक्रम
महिला साहित्यकारहरूकाे साहित्यिक संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

हेटौंडा, श्रावण २१, २०७९ । महिलाहरूको साहित्यिक संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा नवनिर्वाचित महिला जनप्रतिनिधिहरूलाई सम्मान गरिएको थियो । जसमध्ये हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा, सोअन्तर्गतका विभिन्न वडाका महिला प्रतिनिधि, मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता (रेखा) पुलामी, मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रिन नेपाली, बकैया गाउँपालिका वडा नं. ५ की वडाध्यक्ष लक्ष्मी जिम्बा, बकैया वडा नं. १० की अध्यक्ष कमला वाइबा लगायत जनप्रतिनिधिहरू सम्मानित हुनु भएको थियो ।
आँचल साहित्यका कला पुञ्जकी संस्थापक अध्यक्ष तथा मकवानपुरकै पहिलो महाकाव्यकार मुना अर्यालद्वारा लिखित ’आत्म सलिल’ माथि बोल्दै समीक्षक घनश्याम घिमिरेले महाकाव्य रचना गर्नु आफैंमा कठिन कार्य भएको र प्रकृति, प्रेम तथा जीवनशैली आदिका बारेमा लेखिएको बताउनु भयो ।
आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि कथाकार तथा नाटककार तुल्सी थापा रहनु भएको थियो ।
कार्यक्रममा साहित्य संगम नुवाकोटकी अध्यक्ष सुमित्रा सुमी, भीमविराग कला साहित्य प्रतिष्ठानका अध्यक्ष हयग्रीव आचार्य, रियाज कार्की, स्वस्तिका दाहाल, उषाकिरण अधिकारी, प्रभास घिमिरे आदिले महाकाव्यका श्लोकहरू वाचन गर्नु भएको थियो । वाचक तथा वाद्यवादकहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।
रचना वाचनका क्रममा वाद्यवादनमा पिएम सेन्टरका प्रमेन्द्र महर्जनले साथ दिनु भएको थियो । कार्यक्रममा विभिन्न साहित्यिक संस्थाका प्रतिनिधि, साहित्य सर्जक तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो ।
आँचलले हालसालै भएको चौथो अधिवेशनपश्चात् पहिलो कार्यक्रम संयोजन गरेको हो भने क्लब हेटौंडा पार्टी भेन्यूमा भएको कार्यक्रम निरा शर्माले सञ्चालन गर्नु भएको थियो ।
– संप्रस पौडेल, हेटौडा
Subscribe
Login
0 Comments
Oldest












































