साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिस्नुपानी नेपालकाे ‘छोरी’ कार्यक्रम : हास्यव्यङ्ग्य कि रोदनव्यङ्ग्य ?

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले पानसमा दीप प्रज्वलन गरि आरम्भ भएको ‘छोरी’ कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको ठुलो प्रेक्षालयमा सञ्चालन भएको थियो । कार्यक्रममा नेपालका धेरै क्षेत्रका छोरी अर्थात महिलाहरूको उपस्थिति रहेको थियो ।

Nepal Telecom ad

नेपाली दिदी बहिनीहरूको महान् पर्व तीजको सन्दर्भमा सिस्नुपानी नेपालले नेपाली महिलाहरूको गरिमा गायन गर्ने उद्देश्यले ‘छोरी’ कार्यक्रम सम्पन्न गरेको छ । २०७९ भाद्र १० गते सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले पानसमा दीप प्रज्वलन गरि आरम्भ भएको ‘छोरी’ कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको ठुलो प्रेक्षालयमा सञ्चालन भएको थियो । कार्यक्रममा नेपालका धेरै क्षेत्रका छोरी अर्थात महिलाहरूको उपस्थिति रहेको थियो ।

केही व्यङ्ग्य र बढी करुणाजन्य प्रस्तुति रहेको उक्त कार्यक्रममा छोरीहरूका साङ्गीतिक प्रस्तुतिदेखि लिएर कविता र गायन पनि रहेको थियो । छोरा र छोरी समाजका परिपूरक हुन् भन्ने भाव झल्कने कार्यक्रममा केही पुरुष प्रस्तोता पनि रहेका थिए । कार्यक्रममा ठुलो प्रेक्ष्यालयमा छोरीहरूको मात्र उपस्थिति रहेको थियो भने मन्त्री, सांसद, उच्च प्रशासक, लेखक, पत्रकार, उद्योगी, व्यापारीलगायत सबै पुरुषहरूलाई माथि बाल्कोनीमा राखिएको थियो ।

कार्यक्रममा १२ जना छोरीले शास्त्रीय सङ्गीत, १८ जना छोरीहरूले नौमती बाजा र ३४ जना छोरीहरूले बाँसुरी वादन गरेका थिए । कवि कुन्ता शर्मा, मोमिला जोशी, भावना शर्माका कविता अनि अञ्जु पन्तको गीति प्रस्तुति रहेको थियो । पुरुष प्रस्तोतामा अग्रज कलाकार मदनकृष्ण श्रेष्ठको छोरी सम्बन्धी प्रस्तुतिले दर्शकलाई हँसाएको थियो भने कलाकार मनोज गजुरेलले आफ्नी आमाको अभिनय गरेर दर्शकलाई भावुक बनाएका थिए ।

कवि अर्जुन पराजुली र लक्ष्मण गाम्नागेका व्यङ्ग्यात्मक कविताको प्रस्तुति रहेको समारोहमा कार्यक्रमका संयोजक टङ्क आचार्यले भावुक सुदुर पश्चिममा आफ्ना नावालक बालबच्चा सहित कणर्ाली हामफालेकी महिलाको कारुणिक गाथामा आधारित सामग्री प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन सुगारिका केसी र सरोज घिमिरेले गरेका थिए ।

कार्यक्रममा पूर्व सभामुख, मन्त्री, सांसद, न्यायाधीश, कलाकार, पूर्व प्रधानमन्त्री पत्नी, लेखक, उच्च प्रशासक, पत्रकार, विद्यार्थी नेता, बैङ्क लगायत विभिन्न संस्थान र कम्पनीका प्रमुख तथा कर्मचारीहरू, सुरक्षा निकायका अधिकारी लगायत सर्वसाधारणको बाक्लो उपस्थितिले खचाखच रहेको प्रेक्षालय छोरीका दुःख, सुख र वीरता झल्कने तस्वीरले सुन्दर देखिएको थियो ।

कार्यक्रम सकिएपछि प्रेक्षालय बाहिर भेटिएका सिस्नुपानी नेपालका शुभेच्छु नित्य धितालले ‘छोरी’ कार्यक्रम अत्यन्त राम्रो लागेको बताए । ‘सिस्नुपानीका हरेक हास्यव्यङ्ग्य कार्यक्रम नछुटाइ हेर्ने गरेको तर यो कार्यक्रम हास्यव्यङ्ग्य नभएर छोरी अथवा महिला केन्द्रित रहेको, हाँस्न भनेर आएका कतिपय त रुँदै गरेको पो देखियो ।’ धितालले यस्तो कार्यक्रमको आयोजना सिस्नुपानीको ब्यानरमा भएको देखेर अलि आश्चर्य लागेको पनि बताए ।

कार्यक्रमकै अर्का दर्शक इन्दु सिलवालको टिप्पणी भने यस्तो थियो- “सिस्नुपानीले हरेक कार्यक्रम प्रभावपूर्ण हुन्छन् । सिस्नुपानी देउसी होस् वा भ्रष्टाचार विरोधी अभियान सबै अत्यन्त रोचक र हास्यपूर्ण रहँदै आएका छन् । तर उसको इतिहासमै यो त हास्य नभएर महिला समुदायका पीडा ओकल्ने रोदनमय कार्यक्रम रहेछ । यो चाहिँ मलाई अनौठो पनि लाग्यो । मदनकृष्ण र लक्ष्मण गाम्नागेको प्रस्तुतिलाई झिकिदिने हो भने यो कार्यक्रम रोदन कार्यक्रम मात्रै हुन्थ्यो । यस्तो कार्यक्रम त सिस्नुपानीले सहजीकरण गरेर महिला सरोकारसँग सम्बन्धित अर्कै कुनै संस्थाको ब्यानरमा गरेको भए हुन्थ्यो कि !”

कार्यक्रमका अर्का एकजना दर्शक-जो आफ्नो नाम उल्लेख नगरियोस् भन्ने चाहनुहुन्छ- उहाँले सङ्क्षिप्त टिप्पणी गर्दै भन्नु भयो- “सिस्नु पानीको झरिलो झाम्टो त ओइलाएर बोधो हुँदै पानी मात्र सलल बग्छ कि क्या हो ? हास्यव्यङ्ग्यको एउटा ‘ट्रेड’ बनिसकेको यो संस्था हास्यव्यङ्ग्यबाटै विचलन पो हुन थालेको हो कि ? भन्ने सङ्केत ‘छोरी’ कार्यक्रमले दिएको छ । मैले यो उम्दा कार्यक्रमको अवमूल्यन गर्न खोजेको हैन, बरु सिस्नुपानी सधैँ सिस्नुपानी नै रहोस् भन्न मात्रै खोजेको हुँ ।”

सिस्नुपानी नेपालको ‘छोरी’ कार्यक्रमका बारेमा जिज्ञासा राख्दा भैरव पुरस्कार गुठीका अध्यक्ष तथा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेको पनि प्रतिक्रिया अलि फरक छ । उहाँ भन्नुहुन्छ- “सिस्नुपानी नेपालको स्थापना नै नेपाली हास्यव्यङ्ग्यको उत्थान एवम् सम्वर्धनको उद्धेश्यले भएको विदित छ । उसले यति लामो कालखण्डसम्म आफ्ना समग्र गतिबिधिलाई यही उद्धेश्य प्राप्तिका लागि समर्पित गर्दै आएको हो । तर सिस्नुपानीको ‘छोरी’ कार्यक्रम हेरेपछि मेरो मनमा केही प्रश्नहरू उब्जिएका छन् ।”

घिमिरेले अझ अगाडि भन्नुभयो- “‘छोरी’ कार्यक्रम गजबको कार्यक्रम त हुँदै हो, तथापि सिस्नुपानीको घोषित लक्ष र उद्धेश्यसँग यो त्यति मेल खाएजस्तो लागेन । सिस्नुपानीको कार्यक्रम भनेपछि हाँस्न पाइन्छ भनेर आएका कतिपय दर्शकहरू यो कार्यक्रम हेरेर भावविव्हल भएको देखियो । सिस्नुपानी जस्तो हास्यव्यङ्ग्यको नेतृत्व गरिरहेको संस्थाले आफ््नो क्षमता र प्रभावलाई सदुपयोग गरेर एकेडेमीसँगको सहकार्यमा हास्यव्यङ्ग्य महोत्सव जस्ता कार्यक्रमको आयोजना गरे हुन्थ्यो । यसले तिहारको बेला आयोजना गर्ने हास्यव्यङ्ग्य देउसी अत्यन्त लोकप्रिय छ, यस्तै अरु अरु कार्यक्रमहरूको आयोजना गर्दै सही अर्थमा नेपाली हास्यव्यङ्ग्यको सम्बर्धन र विकास गर्नेतर्फ ध्यानाकृष्ट भए नाम अनुसारको काम हुन्थ्यो भन्ने मलाई लाग्छ ।”

‘छोरी’ कार्यक्रम आयोजना गर्ने सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेसँग कार्यक्रमबारे जिज्ञासा राखिएको थियो । उहाँ भन्नुहुन्छ- “सिस्नुपानी नेपाल मुख्यतया हास्यव्यङ्ग्यको माध्यमबाट सामाजिक परिवर्तनका लागि काम गर्ने संस्था हो । यद्यपि कतिपय यस्ता विषय पनि हुँदारहेछन्, जसमाथि हाँस्न सकिन्न, व्यङ्ग्य गर्न पनि सकिन्न वा सुहाउँदैन । त्यस्ता विषयहरूमाथि छलफल हुँदा यस्ता कार्यक्रमहरूको सोचले जन्म लिएको हो । विगतमा गरिएको ‘बा’ कार्यक्रम र यसपटकको ‘छोरी’ कार्यक्रम त्यही सोचको उपज हो ।”

गाम्नागेले विकृति विङ्गतिको उछितो काढ्नु मात्रै हाम्रो उद्देश्य होइन, समाजमा सकारात्मक परिवर्तनका लागि अरू जुनसुकै सुन्दर र उपयुक्त शैली पनि उपयोग गर्न सकिन्छ, त्यो हामीले गरेका हौँ भन्दै बाहरूको सम्मानमा विगतमा कार्यक्रम गरेजस्तै छोरीहरूको सम्मानमा यो कार्यक्रम गरिएको हो भन्नु भयो । उहाँले सिस्नुपानी नेपाल यो वर्षको हास्यव्यङ्ग्यात्मक देउसीको तयारीमा लागिसकेको जानकारी पनि दिनुभएको छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x