सुलसुलेअविरल जनसाहित्य यात्राको ७१ औँ शृङ्खला
अविरल जनसाहित्य यात्राको ७१ औँ शृङ्खलामा अविश्रान्त स्रष्टा खेमराज निरौलाका एक दर्जन कविता गुञ्जिए ।

अविरल जनसाहित्य यात्राको ७१ औँ शृङ्खलामा अविश्रान्त स्रष्टा खेमराज निरौलाका एक दर्जन कविता गुञ्जिए ।
२०४१ सालमा ‘हिमाली गुराँस’ पत्रिका वृन्दानमा ‘स्वदेशप्रेम’ शीर्षकको कविता प्रकाशित गरी नेपाली साहित्यको सेवामा प्रवेश गरेका कवि निरौलाका ‘प्रवाहका बिस थोपा’ २०४९ स्नातकोत्तरको सिर्जनात्मक लेखन (अप्रकाशित), ‘मदन’ शोककाव्य २०५२, ‘जीवनको खोजीमा’ आत्मानुभव २०७३ प्रकाशित भएका छन् भने ‘क्रान्तिदूत’ महाकाव्य प्रकाशोन्मुख अवस्थामा रहेको छ ।
अविरल जनसाहित्य यात्राको एकहत्तरौँ शृङ्खलामा निष्ठावान् स्रष्टाका एक दर्जन कविता गुञ्जिए । राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालको आयोजनामा यही भदौ ११ गते शनिबार सम्पन्न भएको उक्त विशेष समारोहमा शास्त्रीय छन्दमा रचिएका एक दर्जन कवितामध्ये चारओटा कविता कवि आफैँले वाचने गरे भने दुईवटा कविता कविकी छोरीले वाचन गरेकी थिइन् ।
बाँकी कविता भने अहिलेको समयका उत्कृष्ट वाचक कविहरू यशोदा अधिकारी, देबु लुइटेल, नारायण निरासीले वाचन गरेका थिए ।
उक्त विषेश समारोहको अध्यक्षता राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालका अध्यक्ष राम विनयले गर्नुभएको थियो भने प्रमुख अतिथि प्राज्ञ प्रा.डा.हेमनाथ पौडेलले वाचित एक दर्जन कवितामाथि चिरफारयुक्त टिप्पणी गर्नुभएको थियो ।
०००
– रमेश पोख्रेल
Subscribe
Login
0 Comments
Oldest












































