साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्तर्राष्ट्रिय ग्वालियर साहित्य उत्सवमा नेपाली स्रष्टा

प्रथम “अन्तराष्ट्रिय ग्वालियर साहित्य उत्सव‘‘ २७ अगष्ट देखि ३० अगष्ट २०२२ सम्म भारतीय पर्यटन एवं यात्रा प्रबन्ध संस्थान परिसरमा सम्पन्न भएको छ ।

Nepal Telecom ad

ग्वालियर, भारत । २०७९ भाद्र १५/उद्भव सांस्कृतिक एवं क्रीड़ा संस्थानको आयोजनामा स्थापनाको २५ औँ वर्षको अवसरमा आयोजित प्रथम “अन्तराष्ट्रिय ग्वालियर साहित्य उत्सव‘‘ २७ अगष्ट देखि ३० अगष्ट २०२२ सम्म भारतीय पर्यटन एवं यात्रा प्रबन्ध संस्थान परिसरमा सम्पन्न भएको छ ।

बुधबार कार्यक्रमको समापन गर्दै प्रमुख अतिथि राष्ट्रीय मानव अधिकार आयोग, भारतका अध्यक्ष न्यायमूर्ति अरुण मिश्राले देशको संस्कृति र सभ्यताले सहित्यलाई मापन गर्ने जानकारी दिएका थिए । साहित्यले शहर, देश मात्र नभई आउने पिढीलाई मार्गदर्शन गर्ने साथै साहित्यको गहिराई सागर जस्तो र उचाई सगरमाथा जस्तो हुनुपर्ने कुरा जनाउँदै असमानता, कुरीति र विसंगतिलाई हटाउन साहित्यको योगदान रहेको बताए ।

कार्यक्रममा नेपालबाट सहभागी पुरु लम्साल र ओम कुमारी बञ्जारा रानाभाटले नेपाली साहित्यमा भारतीय साहित्यको प्रभाव शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । साँस्कृतिक दर्शनका प्रभाव प्राचीन कालदेखि नेपाली साहित्यको बिभिन्न विधामा रहेको सो अबसरमा जानकारी गराइएको थियो ।

राष्ट्रिय अन्तर्राष्ट्रिय साहित्यकारको उपस्थितिमा सम्पन्न कार्यक्रममा केंद्रीय मन्त्री ज्योतिरादित्य सिंधिया, प्रख्यात फिल्म लेखक, निर्देषक पियूष मिश्रा, फिल्म एवं नाटक लेखक अभिराम भड़कमकर, पद्मश्री डा. विद्याबिन्दु सिंह, डा. अजय कुमार के.सी., उदय माहुरकर, प्रो. कलाधर आर्य, डा‘. परीन सोमानी (इंग्लैण्ड), अनिल श्रेष्ठ (नेपाल), पुरू लम्साल (नेपाल), आकाश अधिकारी (नेपाल), उषा केसी (नेपाल), ओमकुमारी बञ्जारा रानाभाट (नेपाल), दिवाकर भट्टराई (नेपाल) र जानकी कुँवर (नेपाल) लगायतका वक्ताले रचना साथै धारणा व्यक्त गरेका थिए ।

कार्यक्रम सम्पन्न पश्चात नेपाली टोली बुधबार नेपाल आइपुगेको छ । आदिइत्यादि समुह, पुरु लम्सालको संयोजकत्वमा भारत पुगेको समूहले साहित्यको माध्यमवाट विश्वलाई जोडेको हुँदा खुसी प्रकट गर्दै यस्ता कार्यक्रमले विश्वमाझ नेपाली साहित्यलाई पुर्याउन मद्दत पुग्ने लम्सालले बताए । त्यस्तै अन्तर्राष्ट्रिय साहित्य उत्सवले भाषा संस्कृतिको उन्नयनमा थप टेवा पुग्ने आकाश अधिकारीले जनाए ।

०००
अनिल श्रेष्ठ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x