सुलसुलेसुरभिको १४० औँ कार्यक्रम, तीन कृति विमोचित
कर्माचार्यका तीन कृति आधी घण्टा (नियात्रासङ्ग्रह), मौन प्रश्न (लघुकथासङ्ग्रह) र समीक्षा सङ्ग्रहको विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौं, २०७९ साल भदौ १८ । सुरभि साहित्य प्रतिष्ठानको १४० औँ आख्यान वाचन तथा गङ्गा पौडेल कर्माचार्यका तीन कृति आधी घण्टा (नियात्रासङ्ग्रह), मौन प्रश्न (लघुकथासङ्ग्रह) र समीक्षा सङ्ग्रहको विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्वमा सम्पन्न यस कार्यक्रमको प्रमुख अतिथि लघुकथा समाज बागमती प्रदेशका अध्यक्ष डा. विदुर चालिसे हुनुहुन्थ्यो भने विशिष्ट अतिथिहरूमा लघुकथाकार रञ्जुश्री पराजुली, संरक्षक गोविन्द घिमिरे वेदमणि, माननीय रामेश्वर फुयाँल, गो.न.पा. वडानं. ८ का पूर्व वडाध्यक्ष मनोजकुमार ढुङ्गाना, हालका वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, सल्लाहकार दीपकसिंह भण्डारी लगायत हुनुहुन्थ्यो ।
अतिथिहरूमा बालचन्द्र श्रेष्ठ, रमेशजङ्ग थापा हुनुहुन्थ्यो । कार्यक्रममा शुशील आचार्य, रञ्जु खनाल, रमेश भट्टराई पुजारी, लक्ष्मी खड्का, अच्युत चालिसे, राजेशमान केसी, शारदा पराजुली, रमेशजङ्ग थापा, रश्मी रिमाल, बालचन्द्र श्रेष्ठ, रञ्जुश्री पराजुलीले कथा-लघुकथा वाचन गर्नु भएको थियो ।
कथावाचन पश्चात् गङ्गा पौडेल कर्माचार्यका तीन कृति संयुक्त विमोचन भएको थियो । विमोचित कृतिहरूमध्ये ‘आधी घण्टा’को समीक्षा परशुराम पराशरले, ‘मौन प्रश्न’को रामकुमार पण्डित क्षेत्रीले र समीक्षा सङ्ग्रहको शान्ति रिसालले समीक्षा गरेका थिए । दिउँसो १ बजे सञ्चालन भएको यस कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका कोषाध्यक्ष रामकुमार पण्डितले गरेका थिए भने उद्घोषण उपाध्यक्ष परशुराम पराशरले गरेका थिए ।
०००
– परशुराम पराशर
Subscribe
Login
0 Comments
Oldest











































