रामविनयदुई खित्का
उसलाई बेस्सरी रीस उठेछ र भनेछ- “एक ठाउँमा, दुई ठाउमा पो एउटै नाम हुन सक्छ । तीन तीन ठाउँमा पनि किबोल हुन्छ ?”

१) चोरको दाउ
हरेक देशमा आआफ्नो राष्ट्रिय गाना हुन्छ र त्यसको आवाज बज्दा सबैले सम्मान स्वरुप उभिएर चुप लाग्ने चलन हुन्छ । जापानमा पनि यस्तो चलन छ ।
एकदिन एकजना चोरलाई यसको बारेमा थाहा पाएर एउटा घरमा चोर्न गएछ । घरको बैठकमा सबै जम्मा भएर बसेका थिए । त्यहिबेला उस्ले जापानी राष्ट्रियगानको रिकर्ड बोकेर लगेको थियो । उसले त्यहिबेला राष्ट्रिय गानको रिकर्ड खोलेछ । बैठककोठामा भएका सबै परिवारका सदस्यहरू जुरुक्क उठेर चुपचाप उभिए । उनीहरू नचलिकन उभिरहे ।
त्यहि मौका छोपेर चोरले घरमा भएको भएभरको सामान पोको पारेर कुलेलम ठोकेछ । तिनीहरूले चोरको दाउ थाहा पाएनन् । राष्ट्रियगान सकिए पछिमात्र सामानहरू चोरिएको थाहा पाएछन् ।
२) कि बोल ?
ताप्लेजुङबाट विराटनगर झरेको श्याम पहाडीलाई छिमेकी भारतको भ्रमण गर्नजान मन लागेछ । बिराटनगरबाट ऊ बैरगनिया गयो । त्यहाँ उसले पूर्बतिर लाग्ने रेलमा चढेछ । त्यतातिर बँगाली भाषाको क्षेत्र परेछ । उसलाई रेल रोकिएको स्टेशनमा र्ओिर्लन मन लाग्यो । एउटा स्टेशनमा ओर्लियो र एकजना मानिसलाई यो ठाउँको नाम केहो ? भनेर सोधेछ । त्यहाँ भएको मानिस बँगाली रहेछ र भनेछ “कि बोल ?”
श्याम पहाडी लागेछ यो ठाउँको नाम “कि बोल” रहेछ ।
त्यसपछि त्यहि रेल चल्न थालेपछि ऊ रेलको डिब्बामा बस्यो । रेल अर्को स्टेशनमा रोकियो । ऊ त्यहाँ पनि फेरि ओर्लियो । त्यहाँ भएका एकजना अर्को बँगालीलाई सोधेछ- “यो ठाउँको नाम के हो ?”
बँगालीले जवाफ दिएछ “कि बोल ?” (के भनेको ?)
श्याम पहाडीले सम्झेछ- यो ठाउको नाम पनि “कि बोल” नै रहेछ ।
त्यस स्टेशनबाट रेल हिँड्न लाग्यो । ऊ पनि रेलको डिब्बा भित्र पसेर पूर्बतिर लाग्यो । रातिको समयममा रेल कटिहार स्टेशनमा पुगेर रोकियो । त्यो कटिहार स्टेशन भनेर श्यामले पत्तो पाएन । नजिकको एकजना बँगालीलाई यो कुन ठाउँ हो भनेर सोधेछ । त्यहाँ भएका बँगालीले पनि भनेछ “कि बोल ?”
उसलाई बेस्सरी रीस उठेछ र भनेछ- “एक ठाउँमा, दुई ठाउमा पो एउटै नाम हुन सक्छ । तीन तीन ठाउँमा पनि किबोल हुन्छ ?”
त्यहीँ छेउमा भएको अर्को बँगालीले यो मानिस किन कराएको होला भनेर जिल्ल परेर हेरिरहेको थियो ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest




































