सुलसुलेअभिनवको २४७ औं मासिक श्रृङ्खला सम्पन्न
हास्यव्यङ्ग्य शिरोमणि श्री भैरव अर्यालको ८९ औं जयन्ती, राष्ट्रिय विभूति मोतिराम भट्टज्यूको १५८ औं जयन्ती र वासुदेव लुइटेलज्यूको १६ औ स्मृति दिवसको अवसर पारेर उहाँको तस्विरमा माल्य तथा पुष्पार्पण गरिएको थियो ।

जोरपाटी, काठमाडौ । अभिनव साहित्य समाजले आज २०७९/०५/२५ गते यसको २४७ औं मासिक श्रृङ्खलामा प्रसिद्ध हास्यव्यङ्ग्यकारहरू र मोतिराम भट्टलाई एकैसाथ सम्झना गरेको छ ।
हास्यव्यङ्ग्य शिरोमणि श्री भैरव अर्यालको ८९ औं जयन्ती, राष्ट्रिय विभूति मोतिराम भट्टज्यूको १५८ औं जयन्ती र वासुदेव लुइटेलज्यूको १६ औ स्मृति दिवसको अवसर पारेर उहाँको तस्विरमा माल्य तथा पुष्पार्पण गरिएको थियो ।
उहाँहरूको कृतित्व र व्यक्तित्वबारे प्रकाश पार्दै विशेष कवि गोष्ठी समेत सम्पन्न भएको छ ।
उपाध्यक्ष श्री विमल अर्यालको सभापतित्व, शारदा पराजुलीको सञ्चालकत्व र रचना वाचन, सुमन पुडासैनी मित्रको स्वागत मन्तव्य, परशुराम पराजुलीको समीक्षकत्वमा सो कार्यक्रमको प्रमुख आमन्त्रित व्यक्तित्व श्री शीतल गिरी र विशेष आमन्त्रित व्यक्तित्व श्री अच्युतप्रसाद पौडेल चिन्तन रहनु भएको थियो ।
प्रमुख आमन्त्रितज्यूले तीनैजना मुर्धन्य साहित्यिक व्यक्तित्वबारे संक्षिप्त प्रकाश पार्नुभएको र समाजका अध्यक्ष श्री गोविन्दप्रसाद घिमिरे वेदमणिले तीनै जना साहित्यशिखर व्यक्तिप्रति समाजको तर्फबाट हार्दिक श्रद्धासुमन अर्पण गर्दै कविता वाचन गर्नुभएको थियो ।
आज वाचित रचनामध्ये श्री राजेशमान के.सी. र भेषराज सापकोटाको कवितालाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । अन्य सहभागीहरुमा सुशील आचार्य, मेनका पोखरेल, किर्ते पौडेल, सरस्वती चौलागाई, आलोक चालिसे, गोविन्दसंगत महर्जन, घनश्याम प्रसाई, शान्ती रिसाल, रामकुमार पंडितलगायत रहनुभएकोको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest












































