साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दारी पुराण

चिलाएर हैरान हैरान दारी अरू काम छैनन् यही रोजगारी । स्वयम् मूर्ख बन्छन् भुलेरै चिनारी भएँ विज्ञ ठान्छन् मुसारेर दारी ।

Nepal Telecom ad

नआए हुनेथ्यो सधैँ झुस्स दारी
अझै आउने देख्छु यो कर्म जारी ।
बनौँ चट्ट खौरी नसक्ने सधैँ म
भएँ बृद्ध बाबा जवानी छँदै म ।।१।

कुनै छैन चाहा नपालूँ म दारी
म देखिन्छु उस्तै भएझैँ मदारी ।
यता हुन्छ दारी उता हुन्छ भारी
युवा प्रश्न गर्छन् मुसारेर दारी ??।।२।

बडो चट्ट पारी लगाएर सारी
बनूँ मर्दभन्दा म ठान्दै छु नारी ।
तँ नामर्द भन्लान् कुनै छैन चासो
बनेकै छु सत्पात्र होलान् गुनासो ।।३।

छ सेतै फुलेको न हालूँ म काली
कतै चुस्स घोच्दा थमाउँछ गाली ।
फलेकै छ तोरी विनाखेत बारी
यहीँ लुक्छ जुम्रा बनाएर घारी ।।४।

कतै झुस्स बोके छ दारी बढेको
यतै देख्छु आँखा कसैका गढेको ।
न ता दिन्छ हावा न ता होस् छहारी
भयो दिक्क लाग्दो यही झुस्स दारी ।।५।

चिलाएर हैरान हैरान दारी
अरू काम छैनन् यही रोजगारी ।
स्वयम् मूर्ख बन्छन् भुलेरै चिनारी
भएँ विज्ञ ठान्छन् मुसारेर दारी ।।६।

यता सर्न खोज्दा बिझाएर दारी
उता सर्न भन्छिन् मलाई पियारी ।
छ पीडा मनैमा कहाँ पोख्नु मैले
व्यथा जो सुनाएँ बुझून् यो सबैले ।।७।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
चुपचाप !!!

चुपचाप !!!

उत्तम विचार
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x