साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जन्मभूमि नेपाल साहित्य समाजको ३४औं शृङ्खला

इन्द्रजात्राको दिन हास्यव्यङ्ग्यकार स्वर्गीय वसुदेव लुइँटेल, भैरब अर्याल, केशवराज पिंडाली र श्याम गोतामेप्रति श्रद्धा व्यक्त गर्दै हास्यव्यङ्ग्य कवि गोष्ठी आयोजना  गर्‍यो ।

Nepal Telecom ad

चाँगुनारायण, काठमाडौं । २०७९ भाद्र २४ गते जन्मभूमि नेपाल साहित्य समाजले समाजको ३४ औं शृङ्खलाको कार्यक्रम इन्द्रजात्राको दिन हास्यव्यङ्ग्यकार स्वर्गीय वासुदेव लुइँटेल, भैरब अर्याल, केशवराज पिंडाली र श्याम गोतामेप्रति श्रद्धा व्यक्त गर्दै हास्यव्यङ्ग्य कवि गोष्ठी आयोजना  गर्‍यो ।

कार्यक्रममा सिस्नुपानी नेपालका सस्थापक अध्यक्ष चट्याङ मास्टर, फित्कौली अनलाइनका सम्पादक प्राज्ञ नरनाथ लुइँटेल, रेडियोअडियो कुरा कम्पनीका संयोजक प्रेम ओली ढकलपुरे, ९० वर्षीय बृद्ध सूर्यकान्त गेलालको विशेष आतिथ्य रहेको कार्यक्रमको अध्यक्षता साहित्यकार रामशरण न्यौपानेले गर्नुभएको थियो भने डिल्लीप्रसाद मूलतिहुनको सञ्चालन र शुशिला शर्माले स्वागत गर्नुभएको थियोे ।

हास्यव्यंग्य कवि डा बमबहादुर जितालीले टेलिफोनबाट सुनाउनु भएको हास्य सिर्जनाबाट कार्यक्रमको थालनी गर्दै कविहरू तेजकृष्ण श्रेष्ठ, देवीप्रसाद मिश्र, वसन्त नकर्मी, शुशीला शर्मा धमला, दुर्गा अधिकारी भमर्कोटे, शालिकराम दाहाल, सुशीला ढकाल अधिकारी, रमेशप्रसाद न्यौपाने, लालबहादुर भुजेल, सावित्रा गेलाल, कविराज घिमिरे, कृष्णदेव रिमाल, बासुदेव गुरागाइँ (पिँडालु पंडित), कृष्णप्रसाद पौडेल, शम्भु गजुरेल, अतिथिहरू प्रेम ओली, नरनाथ लुइँटेल, चट्याङ कृष्णमुरारी गौतम, सञ्चालक डिल्लीप्रसाद मूलतिहुन र सभापति रामशरण न्यौपानेले आआफ्ना हास्यव्यङ्ग्य सिर्जना प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा दर्शक स्रोताको पनि उल्लेख्य उपस्थिति थियो । ९० वर्षीय सूर्यकान्त गेलाल, चिरञ्जीवी न्यौपाने, नारायणप्रसाद दाहाल, कृष्णहरि गेलाल, शेखरकुमार पौडेल, रामहरि आचार्य, पर्शुराम गेलाल, ईश्वर न्यौपाने, राजेन्द्र आचार्य, अजित न्यौपाने, बच्चुराम न्यौपाने, सूर्यकान्त ज्ञावाली, जानुका न्यौपाने, रमा सापकोटा, शारदा खनाल, विद्यादेवी न्यौपाने, आत्मराम न्यौपाने, शोभा खनाल र गोवर्धन न्यौपाने उत्साह पूर्वक सहभागी हुनुभएको थियो ।

कार्यक्रममा उत्कृष्ट वाचनकर्ता कृष्णदेव रिमाल, वासुदेव गुरागाइँ, दुर्गा अधिकार भमर्कोटे र शुशीला शर्मा धमलाले तात्तातो समोसा पुरस्कार पाउन सफल हुनुभएको थियो ।

कार्यक्रममा स्वर्गीय बासुदेव लुइँटेल, श्याम गोतामे, भैरव अर्याल र केशवराज पिंडालीको हासयव्यङ्ग्यकार व्यक्तित्व र उहाँहरूको योगदानका बारेमा प्राज्ञ नरनाथ लुइँटेलले प्रकाश पार्नुभएको थियो । चागुनारायण नगरपालिका वडा नं १ को चागुनारायण मा.वि.को भवनमा सम्पन्न कार्यक्रममा दधिराम गेलाल, शालिकराम दाहाल र बच्चुराम न्यौपानेले खाजा, पानी साउन्ड सिस्टम र कार्यक्रम व्यवस्थापनमा उल्लेख्य सहयोग गर्नुभएको थियो ।

कार्यक्रमका सभापति रामशरण न्यौपानेले आफ्नो रचना सहित सबैलाई धन्यवाद दिंदै समापन गर्नुभएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x