साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भो नबोल्नु आफ्नो भाषा

हिंड्दैछ पाइला मेट्दैछ भनेझैं तिमी मात्र अघि बढ, हाँक विश्व, ढाँट आफैंलाई, नक्कल गर अर्काको थाहा छ ?? विश्व हाँक्न, दुनियाँ ढाँट्न मातृभाषा हैन अंग्रेजी जान्नुपर्छ ।

Nepal Telecom ad

नेपाली नबोल्नु
लाजमर्दो हुन्छ हाम्रो सोसाइटीमा ।
थाहा छ अहिलेको समयमा
नेपाली भाषाको त भ्याल्लु नै छैन ।

मेरी आमा नपढेकी भएकाले
स्ट्यान्डर्ड मेन्टेन गर्नै सकिनन्
आज म पनि कमजोर छु यो मामलामा ।

तर म मेरा छोराछोरीलाई
नेपाली भाषा हैन अंग्रेजी सिकाउँछु
ट्युसन पढाउँछु,
अंग्रेजी सिनेमा मात्र हेर्न सुझाउँछु ।

हो, अचेल हरेक आमालाई
आफ्नो भाषा मन पर्दैन
हरेक बाबुलाई छोराछोरीले
नेपाली गीत सुनेको मनपर्दैन ।

तोतेबोली फुट्नासाथ सिकाइन्छ
इन्टर्नेशनल लेङ्ग्वेज ।
नानीहरूको भविष्यको सपना
इन्टरनेशनल लेवलमा देखिन्छ ।

सपनाको पनि स्तर हुन्छ आजकल
भाषाको के कुरा भो र !
सौतेनी आमामा भविष्य देखेर
आफ्नै आमालाई लत्याइन्छ यहाँ ।

तिमीहरू मातृभाषाको कुरा गर्छौ
जातिका कुरा गर्छौ
अनि भन्छौ नि !
भाषा बाँचे जाति बाँच्छ
जाति बाँचे संस्कृति ।
विज्ञानले चुनौती दिइरहेको बेला
तिमी किन पछि फर्किन्छौ हँ ??
यो गुलियो मातृभाषाले
ह्वात्तै डाइबिटिज बढाउन सक्छ ।

हिंड्दैछ पाइला मेट्दैछ भनेझैं
तिमी मात्र अघि बढ, हाँक विश्व,
ढाँट आफैंलाई, नक्कल गर अर्काको
थाहा छ ??
विश्व हाँक्न, दुनियाँ ढाँट्न
मातृभाषा हैन
अंग्रेजी जान्नुपर्छ ।

०००
गान्तोक, सिक्किम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म सोधौँ कसोरी ?

म सोधौँ कसोरी ?

जीविका अश्रु
हो, म नास्तिक हुँ

हो, म नास्तिक हुँ

जीविका अश्रु
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x