सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भो नबोल्नु आफ्नो भाषा

हिंड्दैछ पाइला मेट्दैछ भनेझैं तिमी मात्र अघि बढ, हाँक विश्व, ढाँट आफैंलाई, नक्कल गर अर्काको थाहा छ ?? विश्व हाँक्न, दुनियाँ ढाँट्न मातृभाषा हैन अंग्रेजी जान्नुपर्छ ।

Nepal Telecom ad

नेपाली नबोल्नु
लाजमर्दो हुन्छ हाम्रो सोसाइटीमा ।
थाहा छ अहिलेको समयमा
नेपाली भाषाको त भ्याल्लु नै छैन ।

मेरी आमा नपढेकी भएकाले
स्ट्यान्डर्ड मेन्टेन गर्नै सकिनन्
आज म पनि कमजोर छु यो मामलामा ।

तर म मेरा छोराछोरीलाई
नेपाली भाषा हैन अंग्रेजी सिकाउँछु
ट्युसन पढाउँछु,
अंग्रेजी सिनेमा मात्र हेर्न सुझाउँछु ।

हो, अचेल हरेक आमालाई
आफ्नो भाषा मन पर्दैन
हरेक बाबुलाई छोराछोरीले
नेपाली गीत सुनेको मनपर्दैन ।

तोतेबोली फुट्नासाथ सिकाइन्छ
इन्टर्नेशनल लेङ्ग्वेज ।
नानीहरूको भविष्यको सपना
इन्टरनेशनल लेवलमा देखिन्छ ।

सपनाको पनि स्तर हुन्छ आजकल
भाषाको के कुरा भो र !
सौतेनी आमामा भविष्य देखेर
आफ्नै आमालाई लत्याइन्छ यहाँ ।

तिमीहरू मातृभाषाको कुरा गर्छौ
जातिका कुरा गर्छौ
अनि भन्छौ नि !
भाषा बाँचे जाति बाँच्छ
जाति बाँचे संस्कृति ।
विज्ञानले चुनौती दिइरहेको बेला
तिमी किन पछि फर्किन्छौ हँ ??
यो गुलियो मातृभाषाले
ह्वात्तै डाइबिटिज बढाउन सक्छ ।

हिंड्दैछ पाइला मेट्दैछ भनेझैं
तिमी मात्र अघि बढ, हाँक विश्व,
ढाँट आफैंलाई, नक्कल गर अर्काको
थाहा छ ??
विश्व हाँक्न, दुनियाँ ढाँट्न
मातृभाषा हैन
अंग्रेजी जान्नुपर्छ ।

०००
गान्तोक, सिक्किम

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
म सोधौँ कसोरी ?

म सोधौँ कसोरी ?

जीविका अश्रु
हो, म नास्तिक हुँ

हो, म नास्तिक हुँ

जीविका अश्रु
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल