साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अव्यावहारिक गणित

अनि तेरो मास्टरले उल्टोउल्टो वा अव्यावहारिक पढाएको ठहरिन्छ कि ठहरिन्न ? अव्यावहारिक पढाउने पनि पास हुन्छन् त ? म त ट्वाँ परेँ ।

Nepal Telecom ad

धुरन्धर गणित मास्टर मेरा म्याथ गुरु हुन् । बोर्डमा एउटा हिसाब बनाउनासाथ सोध्छन्- आरन्ट आई द बेस्ट ?
सधैँ आफूलाई सुपर हिरो ठान्ने सरको चित्तको पित्तलाई मख्ख पार्न हामी तालिमे तालमा भन्दछौँ- एस सर ।
जस्तोसुकै र जहाँबाट हिसाब दिए पनि सर बनाइहाल्छन् । विद्यालयको घेराभन्दा बाहिर निक्लेर सरको नामले प्रसिद्धिको आतङ्क फैलाएको थियो । सितिमिति कोही नयाँ प्रश्न नै डराउँथे ।

गणितको परीक्षा धेरैभन्दा धेरै मास्टर फेल भएको खबर गर्मीमा फुसको घरमा आगो फैलिए झैँ बल्यो । धेरै मास्टर नै फेल भएपछि गणित पढाउने कल्ले ? चल्न थाल्यो बहस ।
मेरो दाइले सोध्नुभो- तेरो बेस्ट मास्टर किन फेल भयो तिमीलाई थाहा छ ?
किन दाजु, मलाई के थाहा ? बेस्ट मास्टर परीक्षामा चेट कसरी हुन्छन्, मलाई कसरी थाहा हुनु ?
तेरो सरले तँलाई के सिकाउनु हुन्छ ?
गणित ।
गणित भनेको के हो ?
हिसाब ।
एकमा एक जोड्दा कति हुन्छ भनेर सिकाउनु हुन्छ ?
दुई ।
तर हाम्रा बाले पहिले एउटा खेत किन्नु भयो । गएको महिनामा पनि सोही ठाउँमा एउटा खेत किन्नु भयो । तिमीले देखेकै छौ । दुइटै खेत जोड्नु भयो । अनि कतिवटा खेत भएको छ ।
एउटा ।
हिसाब व्यावहारिक भयो त ?
… (अवाक)
अनि एकबाट एक घटाउँदा कति हुन्छ ?
एकबाट एक घटाउँदा केही पनि बाँकी रहँदैन ।
अनि भन त, अस्तिसम्म हाम्रो पसलको कति ओटा कोठा थियो ?
एक ।
अहिले कति ओटा छन् ?
दुइटा ।

हेर, एउटा कोठाबाट अर्को कोठा झिक्दा दुई भयो । अस्ति बाख्रीको पेटबाट डाक्टरले एउटा बच्चा झिक्दा एक बाख्रीबाट दुई भए । अनि तेरो मास्टरले उल्टोउल्टो वा अव्यावहारिक पढाएको ठहरिन्छ कि ठहरिन्न ? अव्यावहारिक पढाउने पनि पास हुन्छन् त ?
म त ट्वाँ परेँ ।

०००
राैतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x