साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हो, म नास्तिक हुँ

कोही विरामी हुँदा घरमा कुललाई धुप धुवार गर भन्छन् मान्नै पर्यो झाँक्री लगा एकपटक भन्छन् सुन्नै पर्यो मैले मेरै मात्र विचारमा हिंडे घर बिग्रेला भन्ने पीर ।

Nepal Telecom ad

पिएर मार्क्स सिद्धान्तको नशा
बनेको म नास्तिक
हो म साँच्चै नास्तिक हुँ ।

तर
आफन्तले पूजामा बोलाउँछन्
जानै पर्यो
दशैंमा टीका लगाउने आउँछन्
लगाइदिनै पर्यो ।
ससुरालीमा
श्राद्ध, औंसी, पूर्णिमा
छुटाउन मिल्दै मिल्दैन ।

स्वास्नीले मन्दिर जाउँ भन्छिन्
जानै पर्यो
अलिकति प्रसाद खाउ भन्छिन्
रक्षा गर है भगवान भन्दै
खानै पर्यो ।

हुन त म नास्तिक हुँ
समाजलाई देखाउन मात्र जनै लाएको हुँ
मर्दापर्दा चाहिने त्यही समाज
अलिकति डर मान्नै पर्यो
आमाले आज पूजामा बस भन्नुहुन्छ
बुवाले धर्म नछोड बाबू भन्नुहुन्छ
वृद्ध बाआमाको मन पनि त
दुखाउनु भएन ।

म मार्क्स सिद्धान्त पिएर
विज्ञानले मन सिएर
जिन्दगीको बाटोमा
अघि बढिरहेको नास्तिक हुँ ।

कोही विरामी हुँदा घरमा
कुललाई धुप धुवार गर भन्छन्
मान्नै पर्यो
झाँक्री लगा एकपटक भन्छन्
सुन्नै पर्यो
मैले मेरै मात्र विचारमा हिंडे
घर बिग्रेला भन्ने पीर
घर जोगाउदा आफ्नो मन अस्थिर

साँच्चै होरहेछ
दिनेश अधिकारीले भनेजस्तै
हामी अर्काका लागि बढी

आफ्ना लागि कम बाँच्ता रहेछौं
साच्चै हामी त
हट् घोडा हट् नै रहेछौं ।

०००
गान्तोक, सिक्किम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x