साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समयले कोल्टो फेर्नु अघि

Nepal Telecom ad

 height=समयले कोल्टो फेर्नु अघि
मदिरा स्वास्थ्यको लागि हानिकारक
पढाइथ्यो {{read_more}}
समय पाको भयो
ऊ बदलियो,
शासन व्यवस्था फेरियो,
सत्ता नयाँ भयो,
परिवर्तित भयो सरकार
अनि त
पाठशाला थपियो
किताबहरू थपिए
शिक्षक थपिए
शिक्षक बदलिए,
विद्यार्थी बदलिए,
सबै सबै भौतिक आधार थपिए,
र नै त बनियो
अत्याधुनिक सुन्दर शहर अनि सडक
सभ्यता र विकास धर्म भयो मान्छेको
त्यसका साथमा भित्रिए
समाजसेवा
मान्छेहरू भटाभट अनुवाद भए समाजसेवीमा

समाजसेवीहरु हरेक भाषणमा भन्छ्न्
देश विकास तर्फ छलाङ मार्दैछ
अहिलेसम्म नगरेको उन्नति गर्दैछ।

ऊ देशको विकासको कुरा गर्दैछ
तर हाम्रो समाज नि१
हाम्रो समाज‘१
त्यहीँ चौबाटोमा उभिएको छ
कतै बदलिएन त्यो
खैराँतेदेखि बोर्डिङ्ग र पब्लिक स्कूलहरूमा
रक्सी नखानु पढाइँदैछ अझै
त्यही पुरानै पाठ्यक्रम बोकेर मास्टर स्कूल गइरहेछ
समाजमा
बाहरू भट्टी धाइरहेछन्
जो पहिलेका विद्यार्थि न हुन्
बाहरू मदिराको मातमा लडी मर्दै नै छन्
आमाहरू रक्सीकै कारण मर्दैछिन्
तर
गाउँमा गाउँमा
धुमपान र मदिरामुक्ति आन्दोलन
चलाउँदैछ सरकार ।
हो त्यो बेला पनि
गाउँमा गोष्ठी हुन्थे
मदिरा निषेधित गर्न
पाठशालामा पढाइथ्यो
रक्सी नखान
मदिरा स्वास्थको लागि हानिकारक छ
सिनेमाको प्रत्येक मध्यान्तरमा देखाइथ्यो

अहिले पनि गाउँमा गोष्ठीहरू चलिरहेकै छन्
हातले लेखेको ब्यानरको ठाउँमा प्लास्टिकको फ्लेक्स टासेर
मदिरा निषेध क्षेत्र घोषणा गर्न कै लागि
पाठशालाहरू घोकाइ रहेछ मदिरा सेवन स्वास्थ्यको निम्ति हानिकारक छ

म सोच्दैछु
के साँच्चै देशले विकासको छलाङ मारेकै हो त १

हैट देश भनेको देश हो
शङ्का गर्नु हुँदैन
बरू आउनुहोस हामी सप्पै मिलेर
देश विकासको उत्सवमा
खोलौं विदेशी श्याम्पेनको भिन्टेज बोतल
मदिरा पो हानिकारक श्याम्पेन थोडी न हो ।

गान्तोक, सिक्किम 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म सोधौँ कसोरी ?

म सोधौँ कसोरी ?

जीविका अश्रु
हो, म नास्तिक हुँ

हो, म नास्तिक हुँ

जीविका अश्रु
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x