सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

विकल्प

राममायाको मन जागेर आयो । अगाडि एउटा फराकिलो बाटो देखियो । त्यसबाटामा मलिन ध्वनि गुञ्जदै थियो- न्याय मार्ने न्यायमूर्ति चाहिन्न । अनेकौँलाई योगमाया बनाउन पाइन्न ।

Nepal Telecom ad

‘तँ अर्की योगमाया बन्न खोज्छेस् ?’ न्यायमूर्तिले सारी सुर्कंदै गिद्धेनजर गाडेको पच्न सकेन राममायालाई ।

नशाको ओखती कोच्याएर आफूलाई बलात्कार गर्ने नरपशुले आफ्नै सँघार कुल्चँदै छाती फुलाएको हेर्न सकिनन् । नजन्मदै बेवारिसे भएको छोरालाई बाबुको नाम दिलाउन चाहिन् । आफूजस्तै बत्तीमुनिको अँध्यारामा पिल्सिएकाहरूको ज्योति बन्न रुचाइन् ।

त्यसकै लागि गाउँ तताइन् । सडक गरम पारिन् । सहर ब्यँुझाइन् । छोरो काखी च्यापेर ठाउँठाउँकै ढोका ढक्ढकाइन् ।

अन्ततः देसैभरि कानैकाना, बहिरैबहिरा, बेहोसी नै बेहोसी, निर्दयी नै निर्दयी र निर्लज्जैनिर्लज मात्रै भेटिन् । पैसा, पावर, सत्ता र शक्तिकै आडमा राजस्व र न्यायप्रणाली हातहातमा खुलेआम बिक्री भएको देखिन् ।

राममायाको मन जागेर आयो । अगाडि एउटा फराकिलो बाटो देखियो । त्यसबाटामा मलिन ध्वनि गुञ्जदै थियो- न्याय मार्ने न्यायमूर्ति चाहिन्न । अनेकौँलाई योगमाया बनाउन पाइन्न ।

त्यसै ध्वनिलाई मलजल हाल्न राममायाका पाइला अघि बढ्दा भए ।

०००

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
जिउँदो समय

जिउँदो समय

नन्दलाल आचार्य
भेटेको मोबाइल

भेटेको मोबाइल

नन्दलाल आचार्य
हाेलीकाे शुभकामना

हाेलीकाे शुभकामना

नन्दलाल आचार्य
साथी

साथी

नन्दलाल आचार्य
भुइँचालो

भुइँचालो

नन्दलाल आचार्य
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे