साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म एउटी विवाहित महिला हुँ !

आफ्नो किताव बदलौं या यहाँका पुरुषको सोच या कोठाको कुनामा थुनिएर बसौं म जान्दिन.... संसारमा म खराब ठाउँमा जन्मिएकी हुँ या खराब समयमा जन्मिएकी हुँ म जान्दिन ।

Nepal Telecom ad

म एउटी महिला हुँ
ईरानी महिला
रातको आठ बजेको छ
यहाँ खयाबान सहरूरदी शिमालीमा
रातको आठ बजेको छ
रोटी किन्नको लागि बाहिर जाँदै छु ।

न म सिङ्गार पटार छु
न मेरा कपडाहरू राम्रा छन्
तर यहाँ
खुलेआम
मेरो पछि सातौं गाडी छ….।

भनिरहेका छन्-
लोग्ने छ कि छैन ?
मसँग घुम्न हिँड
तिमीलाई जे चाहिन्छ दिउँला ।

यहाँ तन्दुरी बनाउने मान्छे छ
समय साँढे आठ भएको छ
पिठो मुछ्दै छ
तर मलाई थाहा छैन, किन हो कुन्नि
मलाई देखेर आँखा झिम्क्याउदै छ ।

नान दिदै गर्दा
आफ्नो हात
मेरो हातमा रगड्दै छ !!
यो तेहरान हो ……
सडक पार मात्रै के गरेकी छु
गाडी चढेर कोही आउँछ
गाडी चढ्ने…..
भाऊ सोध्दै छ,
रातको कति ?
म जान्दिन थिएँ
रातको भाउ भनेको के हो ?
यो इरान हो ……

मेरा हत्केला भिजेका छन्
लाग्दै छ- बोल्न पाउन्न
भर्खर मेरो लाज र चिन्ताले आएका पसिना
ओभाउनै पाएका छैनन्
म घर आइपुगें ।

इञ्जिनियरलाई हेरें……
एक जना सज्जन पुरुष
जो दोश्रो तलामा
श्रीमती र छोरीसँग बस्छन्
अभिवादन……
बेगम तपाई ठीकै हुनुहुन्छ ?
तपाईकी प्यारी छोरी ठीक छिन् ?

हजुर अभिवादन् …
तिमी ठीक छौ ? खुसी छौ ?
देखिदैन त ?
यथार्थ के छ भने
आज राती मेरो घरमा कोही छैन
यदि संभव हुन्छ भने आऊ न त
निलोफरको कम्प्युटर बनाइदेऊ

साह्रै झ्याऊ खेलाउँछ
यो मेरो मोबाइल हो
आरामले चाहे जति कुरा गर्नू
म मुस्कुराउदै भन्छु
धेरै राम्रो, यदि समय मिल्यो भने पक्का !!

यो इस्लाम-धरती हो
यो औलिया र सूफीहरूको धरती हो
यहाँ इस्लामिक कानून चल्छ
तर यहाँ यौन उन्मादी रोगीले
महिलाको शरीरमा वीर्य पोखेको छ ।
न दया न धर्म न कानून
अनि न तिम्रो नामले रक्षा गर्न सक्छ ।

यो हो
इस्लामिक लोकतन्त्र ……
र म एउटी महिला हूँ
मेरो लोग्नेले
चाहे चार वटा बिहे गरोस्
या चालीस वटी महिलाहरूसँग सुतोस्
मेरो कपालले
मलाई नरकमा लैजाने छ
अनि पुरुषको शरीरको अत्तरले
उसलाई स्वर्गमा लैजान्छ

मलाई
कुनै अदालतबाट केही मिल्दैन
यदि मेरो लोग्नेले तलाक दिएमा
ऊ इज्जतदार मानिन्छ
यदि मैले तलाक मागें भने
भनिन्छ-
हद नाघेकी लबस्तरी
मेरी छोरीको बिहेको लागि
मेरो स्विकृतिको वास्ता हुँदैन
तर बाबुको स्विकृति अनिवार्य हुन्छ ।

म दुई वटा काम गर्छु
ऊ कामबाट आउँछ र आराम गर्छ
म कामबाट आउँछु र फेरि काम गर्छु
अनि उसलाई
खुसी थुपार्नु पनि मेरै काम हो ।
म एउटी महिला हुँ
मलाई हेर्नु पुरुषको हक हो
तर
गल्तिले पनि
यदि मेरा आँखा पुरुषमा परे भने
म आवारा तथा खराव आचरणकी मानिने छु ।

म एउटी महिला हुँ….
आफ्ना सारा प्रतिबन्ध पछि पनि महिला हुँ
के मेरो जन्ममा कुनै गल्ति थियो ?
या त्यो ठाउँ गलत थियो, जहाँ म हुर्किएँ ?
मेरो
मेरो शरीर
मेरा अस्तित्व
एउटा सफेदपोष पुरुषको सोच
र, अरबी भाषाको सीमित ठगका नाममा बिकेको छ ।

आफ्नो किताव बदलौं
या
यहाँका पुरुषको सोच
या
कोठाको कुनामा थुनिएर बसौं
म जान्दिन….
संसारमा म
खराब ठाउँमा जन्मिएकी हुँ
या खराब समयमा जन्मिएकी हुँ
म जान्दिन ।

०००

अनु. : अज्ञात

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दुई लघु व्यङ्ग्य

दुई लघु व्यङ्ग्य

हरिशंकर परसाईं
नहुषको निष्काशन

नहुषको निष्काशन

हरिशंकर परसाईं
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
भाषण गर्न सिक्नुस् !

भाषण गर्न सिक्नुस् !

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x