साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रज्ञा-प्रतिष्ठानद्वारा प्रज्ञा पुरस्कारहरूको घोषणा

सोमवार बसेको प्राज्ञ सभाको बैठकको निर्णय अनुसार प्रज्ञा-प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र तथा दर्शनशास्त्रका क्षेत्रमा विशिष्ट योगदान दिएका ८ जना स्रष्टालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

Nepal Telecom ad

काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानले विभिन्न प्रज्ञा पुरस्कारहरूको घोषणा गरेको छ । सोमवार बसेको प्राज्ञ सभाको बैठकको निर्णय अनुसार प्रज्ञा-प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र तथा दर्शनशास्त्रका क्षेत्रमा विशिष्ट योगदान दिएका ८ जना स्रष्टालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

प्रज्ञा-प्रतिष्ठानले २०७९ सालका लागि रुपन्देहीका रामचन्द्र भट्टराईलाई एक लाख राशिको ‘नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार’, पहाडी-हिमाली क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि दोलखाका खेन्पो डवाङ वोसेर लामा शेर्पालाई एक लाख राशिको ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार’, यसै गरी मधेश तराईमा बोलिने मातृभाषाको साहित्यका लागि कञ्चनपुरकी शर्मिलाकुमारी चौधरीलाई एक लाख राशिको ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार’, भोजपुरका प्रा.डा. प्रेमकुमार खत्रीलाई एक लाख राशिको ‘नेपाल प्रज्ञा संस्कृति पुरस्कार’, काठमाडौँका प्रा. विद्यानाथ उपाध्यायलाई रु. एक लाख राशिको ‘नेपाल प्रज्ञा दर्शनशास्त्र पुरस्कार’, काठमाडौँका डा. नयनाथ पौडेललाई रु. एक लाख राशिको ‘नेपाल प्रज्ञा सामाजिक शास्त्र पुरस्कार’ प्रदान गर्ने निणर्य गरेको छ । यी पुरस्कार प्रत्येक एक वर्षमा प्रदान गर्ने गरिन्छ ।

यसै गरी २०७८/०७९ का लागि भारत, दार्जिलिङका नरबहादुर दाहाललाई रु. दुई लाख राशिको ‘भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार’ र झापाका प्रा.डा. गोविन्दराज भट्टराईलाई रु. दुई लाख राशिकै ‘नेपाल प्रज्ञा अनुवाद पुरस्कार’ प्रदान गर्ने निणर्य गरिएको छ । यी दुई पुरस्कार प्रत्येक दुई वर्षमा प्रदान गर्ने गरिन्छ ।

प्रत्येक चार वर्षमा प्रदान गरिने नेपालकै सर्वोच्च र विशिष्ट पुरस्कार रु. चार लाख राशिको ‘पृथ्वी प्रज्ञा पुरस्कार’ र तीन हजार अमेरिकी डलर राशिको ‘नेपाल प्रज्ञालङ्कार’ दुई वर्षअघि नै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र चीनका प्राध्यापक वाङ हङ्वेईलाई प्रदान गरिसकिएको छ ।

पुरस्कारहरू भदौको अन्तिम साता काठमाडौँमा एक समारोहको आयोजना गरी राष्ट्रपतिबाट प्रदान गरिने नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले बताउनुभयो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x