साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि कार्कीको ‘परदेशी मन’को परिचर्चा

साहित्यिक पत्रकार संघले आज २०७९ भदौ २८ थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा कवि डन कार्की (अमेरिका)को कविताकृति ‘परदेशी मन’को परिचर्चा कार्यक्रमको आयोजना गर्‍यो ।

Nepal Telecom ad

साहित्यिक पत्रकार संघले आज २०७९ भदौ २८ थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा कवि डन कार्की (अमेरिका)को कविताकृति ‘परदेशी मन’को परिचर्चा कार्यक्रमको आयोजना गर्‍यो ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजना गरिएको सो परिचर्चा कार्यक्रममा
प्रमुख अतिथिको आसनग्रहणको आसनबाट अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष मोहन सिटौलाले नेपाली कवितामा डासपोराको योगदानको चर्चा गर्दै कवि डन कार्कीको काव्य यात्राको चर्चा गर्नु भयो ।

यसैगरी कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले संघको स्वणर् महोत्सवबारे प्रकाश पार्दै ‘परदेशी मन’ र कवि डन कार्कीबारे मन्तव्य राख्नु भयो ।

यस्तै डा. शान्ति गिरीले ‘परदेशी मन’ कविताकृतिको समीक्षात्मक मन्तव्य राख्नु भयो । वरिष्ठ समालोचक एवं सस्कृतिविद डा. रामदयाल राकेश, वरिष्ठ निबन्धकार युवराज नयाँघरे, गुन्जनकी निवर्तमान अध्यक्ष हिरणकुमारी पाठक, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, कार्यसमिति सदस्य डा. दामोदर पुडासैनीले पनि आआफ्नो मन्तव्य राख्नु भयो ।

परिचर्चा गरिएको कृति ‘परदेशी मन’बाट कविहरू कल्पना खरेल र रेखा यादवले एकएक कविता वाचन गर्नु भयो । कार्यक्रमको संचालन कवि श्रीबाबु कार्कीले गर्नु भएको थियो । कार्यक्रममा अमेरिकाबाट आउनु भएकी साहित्यकार विना पौडेललाई अध्यक्ष लेकालीले स्वागत सम्मान पनि गर्नु भयो । कार्यक्रममा विभिन्न साहित्यकारहरूको पनि उपस्थिति रहेको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x