साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विज्ञापन

स्वास्नीको निमित्त विज्ञापन दिउँ भने उहिले नै विज्ञापन बेगर नै हात खुट्टा बाँधी हालियो । विज्ञापन दिने खालको न त कुनै घटना नै घटेका छन् ।

Nepal Telecom ad

कीर्तिशेष हास्यव्यङ्ग्यकार विष्णु नवीनप्रति फित्काैली डटकमकाे शब्दश्रद्धा सहित प्रस्तुत गर्दछ नवीनकाे २०२९ सालमा प्रकाशित याे निबन्ध सिर्जना : 

जमाना विज्ञापनको छ । मल धतुरो हालेको होस् वा गाँजा, लेमन जूस हालेको होस् वा कुखुराको पुष्प, विक्री विज्ञापनमा निर्भर गर्दछ । राम्रो चीज होस् वा नराम्रो विज्ञापन आकर्षक भए ‘मोटो बँदेल’ भनी अमेरिकाली बंगुर बेसार दली पहेलै पारेर बिके झैँ सामान पनि बिक्छन् तर विज्ञापन दिएको ठाउँमा सामान जति राम्रो देखिन्छ भरे घर ल्याएर एकपल्ट प्रयोग गर्दा मिल्काइएको टालोजस्तै हुन्छ मोटो बँदेलको ठाउँमा बंगुर परे झैँ । अमेरिकालीहरूलाई पनि बेसार दलेर सुताउनु हो भनें बँदेलको नामको बंगुर नै देखिन्छन् छाला र भुत्ला मिल्ने भएकोले ।

विज्ञापनले यो संसार खायो । मान्छेदेखि लिएर आची पुस्ने कागतसम्मको विज्ञापन छ । पत्र-पत्रिका विज्ञापनले भरिएको हुन्छ । फलाना दिनसम्म पत्रिकाको यति पेज बढाइएको छ आफ्नो प्रति आजै सुरक्षित गर्नोस, विज्ञापनदाताले विज्ञापन दिनोस्, यस पत्रिकामा विज्ञापन दिनु नै आफ्ना व्यापार बढाउनु हो भनिन्छ तर दिवस, समारोहको अंकमा बढेको पृष्ठ विज्ञापनले नै भरिन्छ । व्यापार बढ्नु- नबढ्नु मलाई थाहा छैन आफू बनियाँ नभएको हुँदा ।

सोह्र पृष्ठको पत्रिकामा सात पृष्ठ विज्ञापन मात्र हुन्छ अनि पढ्नोस् पृष्ठ तर विज्ञापनले जति नाफा छ पत्र-पत्रिकालाई पत्रिकाको मूल्य नौ जति पैसामा एउटा प्रति पत्रिका बेचेर नाफा छैन । अझ नेपाली पत्र-पत्रिकालाई विज्ञापन प्राप्त नहुनु, कुनै कुबेर पुत्रले दृष्टि गोचर नलाउनु हो भने थाइसिसले खाएको रोगी जस्तै छिटै मर्छ दुई-चार अङ्क निस्केर । सकभर एक अङ्क पछि निस्कन पनि सक्दैन । कान्छी स्वास्नी ल्याएर जेठी स्वास्नीलाई अलपत्र पार्ने हाम्रो परम्परा जस्तै छ । श्री ५ को सरकारले विज्ञापन दिन बन्द गरेर कुन स्वास्नीलाई पोस्ने रहर गरेको होला थाहा छैन ।

विज्ञापन गजब-गजबको निस्कन्छ । कोही स्वास्नी खोज्छन्, रोज्छन् कोही लोग्ने । कसैको छोरा-छोरी हराएको छ कसैको चाबीको झुष्पा । कसैको म्याद ६९ त कसैको क्याट ७२, कसैको कागत पत्र त कसैको ब्याग । कसैको साइकिल, कसैको के के हो के के कुनैदिन कुनै बौलाहाले आफै हराको विज्ञापन दिन बेर छैन । पत्र पत्रिकाले पैसा भेटछन् जे दिए पनि छाप्न कर लाग्छ ।

मेरो मात्र विज्ञापन दिन कोही पनि नहुँदा पीँधमा मुख लगाएर चुप छु । स्वास्नीको निमित्त विज्ञापन दिउँ भने उहिले नै विज्ञापन बेगर नै हात खुट्टा बाँधी हालियो । विज्ञापन दिने खालको न त कुनै घटना नै घटेका छन् । कतै पछि ‘स्वास्नी ज्यू पोइल जानुभो’ भने वा मैले अर्की स्वास्नी भिर्न परेछ भने विज्ञापन दिएरै काम चलाउँला तर मेरो विज्ञापन लिनेले टिकट वा नोट टाँसी शील्ड टेण्डर भर्नुपर्छ आफू त आधुनिक मान्छे आधुनिक विज्ञापन मात्र जान्दछु । जसले धेरै नोट अथवा टिकट टाँस्छ त्यसैलाई ग्रयता । यो नयाँ तरिका मन पर्‍यो कि परेन तपाईंहरूले विचारनोस् ।

एकजनाले स्वास्नीको निमित्त विज्ञापन दिएको थियो “तीन चोटी फेल भएर तेस्रो दर्जामा पास भएको स्नातक हुँ म स्वस्थ, राम्रो, सुन्दर छु मेरो आँखा मृगका जस्ता, केश अङ्ग्रेजको जस्ता, ओखली मर्का पेण्ट र चापटे पेटी लाउँछु । एउटीको आवश्यकता छ स्वास्नी निमित्त केटी जस्ती भए पनि हुन्छ तर ‘बुद्धि’ बिग्रिएको हुनु हुँदैन ।

अर्को विज्ञापन एउटी स्वास्नी मान्छेले यस्तो दिएकी थिई- “म विधवी हुँ । चारवटा लोग्ने मास छर्न गए अब पाचौँको पाली छ मेरो तरुनीपन हराएको छैन तर जे भए पनि केटो भनेजस्तो हुनुपर्दछ ।” पत्र व्यवहार गर्नुहोस्

मोरी उमेर पचासको उँधो चालीसको उभो छ । स्वस्थ छु । भर्खर गानामा मुजा पर्न शुरु भएको छ । हट्टा-कट्टा सो वर्ष उसोको विस वर्ष धोकोलाई विशेष ग्राहयता दिने गरी एउटा लोग्नेको खाँचो छ ।“ पत्रव्यवहार गर्ना । मौकाले पर्खदैन । अर्को स्वास्नी मान्छेको एउटा विज्ञापन यस्तो थियो ।

यस्ता विज्ञापन गर्मीमा छिचेमिरा निस्के जतिकै निस्कन्छन् । हिजो आज त बंगलादेशमा सबै विधुवा भएकाहरूले लोग्ने खोजेर विज्ञापन निकालिरहेछन् । प्रशासनले पनि विधुवाहरूलाई विहे गर्न अनुरोध गरिरहेछ युवकहरूलाई । स्वास्नी नहुने साथीहरू लाइसेन्स लिँदै गए हुन्छ, नयाँ टेस्ट देश पनि हेरिने मुख पनि फेरिने ।

मैले पनि अब एउटा विज्ञापन निकाल्ने भनेर कम्मर कसेको छु तर सकेको छैन । विज्ञापन त्यसै निस्कदैन, दोमडी आफूसँग छैन । कसैलाई यो विज्ञापन निकाल्न मन भए कौडी बिना नै निकालिदिनुहोस् सम्पादकज्यूहरूले । यो जन्ममा नभए अर्को जन्ममा तिरौला दोमडी तिर्न परे ।

विज्ञापन यस्तो छ- “मलाई एउटी स्वास्नीको आवश्यकता छ । स्वास्नी यस्तो हुनुपर्छ मैले पाल्न नपरोस्, आफै कमाएर खावस् सकभर मलाई पनि पालोस् चाहे माइतीबाट सम्पत्ति सोहोरोस् वा जुनसुकै काम गरेर । स्वास्थ्य यस्तो होस् घामजस्तै, आगोजस्तै । जाडो महिनामा मलाई खोकिलामा च्यापोस् । अनुहार जस्तो सुकै होस् । भविष्यमा धेरैभन्दा धेरै छोराछोरीले आमा भन्न पाउने हुनुपर्छ ।” पत्र व्यवहार फोटोसँग हुनुपर्छ ।

०००

‘सर्कस’ धरान- वर्ष २, अङ्क १, २०२९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x