कठपुतली !
हामी- चेतना गुमाएका चेतना शून्य विवेक हराएका विवेक शून्य उसैको औँलाको इसारामा नाचिरहने केवल कठपुतली हौँ !
हामी-
उसैको आँखाबाट हेर्छौँ
उसैको मस्तिष्कबाट सोच्छौँ
र उसका मक्किएका
विचारका बैसाखी टेकेर
उसैसँग कुम जोडेर
हिडिरहन्छौं ।
हामी-
अँध्यारोलाई नि घाम जस्तै
उज्यालो छ भन्छौँ
रगतका टाटाहरूलाई पनि
होलीको रङजस्तै रातो देख्छौँ
हामी-
चेतना गुमाएका चेतना शून्य
विवेक हराएका विवेक शून्य
उसैको औँलाको इसारामा
नाचिरहने
केवल कठपुतली हौँ !
०००
हेटौंडा – ४