साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अफिस

मैले माथि जुन स्थिति वर्णन गरेँ, यो एकदमै अतिरञ्जित छ । अफिसमा सैकडौं यस्ता विभीषण छन् जो ठीक समयमा अफिसमा आउने र ठीक समयमा जाने गर्छन् ।

Nepal Telecom ad

अनुवाद :: आर.सी. रिजाल

रातको समय श्रीमान् श्रीमती एकै ठाउँमा सुतेर बिताउँछन् । यो हाम्रो परम्परा नैं हो । रातीको यो थकानबाट छुटकारा पाउन सुकिलो कपडा लगाएर जुन स्थानमा ऊ पिकनिक मनाउन जान्छ त्यस स्थानलाई अफिस भनिन्छ ।

खासगरी अफिस बिहान १० बजे खुल्छ र साँझ ५ बजे बन्द हुन्छ । तर जहाँसम्म हाकिमहरूको कुरा छ, उनीहरू ११ बजेसम्ममा अफिस आइपुग्छन् र चार बजेसम्म मात्र बस्दछन् । चाल्र्स ल्याम्ब लन्डनमा इस्ट इन्डिया कम्पनीको कार्यालयमा कारिन्दा थिए । उनी पनि त्यस्तै गर्थे । मेरो एकजना मित्र यो स्थितिको परिमार्जित संस्करण थिए । उनी दिनमा घन्टा वा आधा घन्टाको लागि मात्र अफिस जान्थे । उनी नभएको समयमा उनको कोट कुर्सीमा टाँगिएको हुन्थ्यो । त्यो कोट नै उनको उपस्थितिको प्रमाण हुन्थ्यो । यदि उनको शाखामा कुनै बेला कार्यालय प्रमुख वा अन्य कुनै छड्के आएमा सबै साथीले भन्थे- “यतै रेकर्ड रूम वा अन्य कुनै कोठामा जानुभएको होला । उहाँ अफिस नआएको भन्ने त प्रश्नै छैन, यसको उदाहरण उहाँको कोट यही कुर्सीमा टाँगिएको छ ।”

बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म सरकारी काम पूरा निष्ठापूर्वक गरिन्छ । चेस बेल्खन, रेडियो खोल्न कुकुरको जस्तो बोली बोल्छन्, हाकिम र उनको सुन्दरी पिएको प्रेम कथा बयान गर्छन् । चिया पिउँछन्, पत्रिका पढ्छन् र एउटा फाइल अर्को टेबलमा पुर्‍याउन घुस लिन्छन् । कुनै सरकारी कार्यालय यस्तो पनि छ जहाँ पुलिसले समेत नजराना चढाउनुपर्छ । मेरी पत्नीका नातेदार उच्च न्यायालयका न्यायाधीश थिए । उनी रिटाएर भएपछि पेन्सन, सञ्चय कोष झिक्न म उहाँको लागि स्वयम् महालेखा नियन्त्रकसँग भेट्न पुगेँ । अब तपाईं सोच्नुस् त मामुली मान्छेको के दशा होला ।

क्रिकेट म्याचको दिन त सारा कर्मचारी कार्यालयबाहिर बरन्डामा जम्मा हुन्छन् र कमेन्ट्री सुन्छन् । अफिसरहरूचाहिँ आफ्नै कोठामा सुन्ने गर्छन् । क्रिकेटको कारण जुन सरकारी समय बर्वाद गरिन्छ त्यसको मूल्य करोडौं हुन्छ होला । मेरो त यस सन्दर्भमा नम्र सुझाव छ यस्तो टेस्ट म्याच रातीमात्र खेल्ने व्यवस्था मिलाइयोस् ।

अफिसमा यदि कुनै अनुशासनप्रिय, इमान्दार र कडा मिजासको हाकिम सरूवा भैआएमा उसको विरुद्ध नाराबाजी गर्ने, पोस्टर छाप्ने, कहिलेकाहीँ त उसलाई घेराउसमेत गरिन्छ । मलाई यो भन्नु पर्दा कुनै सङ्कोच छैन, किनकि म पनि यसै श्रेणीको अफिसर हुँ र मप्रति पनि यस्तै खाले व्यवहार भएको थियो । एकपटक स्थिति यस्तोसम्म आयो कि अनुशासन कर्मचारीहरू जसको पहुँच मन्त्रीसम्म थियो, केही झुटा आरोप लगाएर मलाई एक हप्ता सस्पेन्ड गरे । विभागको सचिवले हस्तक्षेप गरेर स्थिति सम्हालियो । यो घटना त्यतिबेलाको हो जुनबेला म उपसचिव थिएँ ।

मैले माथि जुन स्थिति वर्णन गरेँ, यो एकदमै अतिरञ्जित छ । अफिसमा सैकडौं यस्ता विभीषण छन् जो ठीक समयमा अफिसमा आउने र ठीक समयमा जाने गर्छन् । दिनभर काममा जोतिन्छन्, घुस लिँदैनन् । तपाईं आफै सोच्नुहोस् त यदि यस्ता विश्वासघाती अफिसर र कर्मचारी नहुने हो भने सरकारी कार्यालय कसरी चल्ला ?

०००
‘भोरामको आत्मा’ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तैलचित्र

तैलचित्र

रवीन्द्रनाथ त्यागी
एउटा ससानो कुरो

एउटा ससानो कुरो

रवीन्द्रनाथ त्यागी
स्ट्राइक

स्ट्राइक

रवीन्द्रनाथ त्यागी
प्रजातन्त्र

प्रजातन्त्र

रवीन्द्रनाथ त्यागी
हाम्रो राजभाषा

हाम्रो राजभाषा

रवीन्द्रनाथ त्यागी
भाषण गर्न सिक्नुस् !

भाषण गर्न सिक्नुस् !

हरिशंकर परसाईं
संयोजक

संयोजक

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x