साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भैरहवामा भैरव सम्झँदै हास्यव्यङ्ग्य सङ्गम

नेपाली साहित्यका हास्यव्यङ्ग्य क्षेत्रका चर्चित स्रष्टा भैरव अर्यालको स्मृतिमा आयोजित कार्यक्रममा वाचित उत्कृष्ट रचनालाई पुरस्कारका प्रायोजन साहित्यकार रमेश समर्थनले गर्नुभएको हो ।

Nepal Telecom ad

असोज १ गते, भैरहवा । सिद्धार्थ साहित्य परिषद्, रूपन्देहीको आयोजनामा २६२ औ साहित्य सङ्गम ‘हास्यव्यङ्ग्य विशेष’ कार्यक्रमका रूपमा सम्पन्न भएको छ ।

नेपाली साहित्यका हास्यव्यङ्ग्य क्षेत्रका चर्चित स्रष्टा भैरव अर्यालको स्मृतिमा आयोजित कार्यक्रममा वाचित उत्कृष्ट रचनालाई पुरस्कारका प्रायोजन साहित्यकार रमेश समर्थनले गर्नुभएको हो ।

परिषद्का सदस्य देवी न्यौपाने ‘धीर’“ को स्वागत र सचिव लक्ष्मीप्रसाद अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रम परिषद्का अध्यक्ष डिल्लीराज भट्टराईको अध्यक्षता, नारी स्रष्टा सोनु गुरुङ रानाको प्रमुख आतिथ्यमा भएको थियो भने वाचित रचनाहरूको मूल्याङ्कन प्राज्ञ वरिष्ठ गजलकार बूँद राना तथा प्रा.डा. कपिलदेव लामिछानेले गर्नुभएको थियो ।

निणर्ायकको तर्फबाट नतिजा घोषणा गर्दै लामिछानेले हास्यव्यङ्ग्य रचनामा विषयवस्तुको छनौट, शब्द चयन र प्रस्तुतिको महत्वपूणर् भूमिका रहने बताउनु भयो । प्रतियोगितामा कमल पोखरेल ‘निश्छल’ प्रथम, देवीप्रसाद न्यौपाने ‘धीर’ द्वितीय र छवि ज्ञवाली तृतीय भएका छन् ।

कार्यक्रममा उदयराम पौडेल, अनमोल शर्मा, सावित्री घिमिरे, सरु ज्ञवाली, तिलक लामिछाने, देवीप्रसाद न्यौपाने ‘धीर’, छवि ज्ञवाली, कमल पोखरेल ‘निश्छल’, नारायण भण्डारी, आदर्श भण्डारी, राधा भट्टराई, गङ्गा घिमिरे लगायतले रचना वाचन गर्नुभएको कार्यक्रममा सुरज घिमिरे ‘दीपशिखा’, विष्णु गजुरेलको समेत सहभागिता रहेको थियो ।

स्मरण रहोस् सिद्धार्थ साहित्य परिषद्ले हरेक वर्ष असोज महिनाको पहिलो शनिवार भैरव अर्यालको सम्झनामा हास्यव्यङ्ग्य विशेष सङ्गमलाई निरन्तरता दिने परिषद्का अध्यक्ष डिल्लीराज भट्टराईले जानकारी दिनुभएको छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x