सुलसुलेसिस्नुपानी मकवानपुरमा थप सदस्य चयन
नेपालमैँ हास्यव्यङ्ग्य लेखनमा महिला लेखिकाको संख्या न्यून रहेको छ । तथापि हरिकला उप्रेती, सुधा त्रिपाठी, गायत्री लम्साल, सुमी लोहनी आदिका चोटिला हास्यव्यङ्ग्य कृतिहरू प्रकाशित छन् ।

हेटौँडा, असोज ३ । सिस्नुपानी नेपाल मकवानपुरमा थप २ सदस्य चयन भएका छन् । ७ सदस्य रहेको संस्थामा सदस्यहरू थपपछि ९ सदस्यीय जिल्ला कार्यसमिति बनेको छ ।
चयन भएका सदस्यहरू स्वस्तिका दाहाल र अमृता लामिछाने सकृय रूपमा विविध साहित्यिक रचनाहरू गर्दै आउनु भएको छ ।
नेपालमैँ हास्यव्यङ्ग्य लेखनमा महिला लेखिकाको संख्या न्यून रहेको छ । तथापि हरिकला उप्रेती, सुधा त्रिपाठी, गायत्री लम्साल, सुमी लोहनी आदिका चोटिला हास्यव्यङ्ग्य कृतिहरू प्रकाशित छन् ।
सदस्य चयनपछि स्वस्तिका दाहालले विभिन्न लेखन कार्यमा संलग्न आफूलाई हास्यव्यङ्ग्य लेखनले अझ सिक्न प्रेरित हुने गरेको बताउनु भयो ।
यस्तै अर्की सदस्य अमृता लामिछानेले हास्यव्यङ्ग्य साहित्यको अध्ययनलाई अझ जोड दिइने र लेखन कार्यमा निरन्तर रहिरहने विचार राख्नुभयो ।
सिस्नुपानी मकवानपुरको विभिन्न साहित्यिक संस्थामा समेत सकृय सहभागिता रहेको र यो टिमले हास्यव्यङ्ग्य क्षेत्रलाई मलजल गर्नमा यथेष्ठ सहयोग पुर्याउने अध्यक्ष राजकुमार लामिछानेले बताउनु भयो ।
संस्थामा आर.सी. रिजाल, मुक्तिगोविन्द वैद्य र आशाकाजी श्रेष्ठ सल्लाहकार रहनु भएको छ ।
०००
– संप्रस पौडेल, हेटौँडा
Subscribe
Login
0 Comments
Oldest











































