साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेटौंडामा भैरव अर्याल स्मृति कार्यक्रम सम्पन्न

भैरव अर्यालको ८६ औं जन्मजयन्तिका अवसरमा उहाँको प्रतिमामा माल्यार्पण कार्यक्रम गरिएको छ । कार्यक्रममा बुढ्यौली समाजका अध्यक्ष तथा वरिष्ठ हास्यव्यङ्ग्यकार आर.सी. रिजालले माल्यार्पण गर्दै मन्तव्य राख्नु भएको थियो ।

Nepal Telecom ad

हेटौंडा, असोज ५ । भैरव अर्यालको ८६ औं जन्मजयन्तिका अवसरमा उहाँको प्रतिमामा माल्यार्पण कार्यक्रम गरिएको छ ।

कार्यक्रममा बुढ्यौली समाजका अध्यक्ष तथा वरिष्ठ हास्यव्यङ्ग्यकार आर.सी. रिजालले माल्यार्पण गर्दै मन्तव्य राख्नु भएको थियो । पुष्पलाल स्मृति पुस्तकालय परिसरमा २०६३ सालमा निर्माण गरिएको भैरव प्रतिमा मोरङका नविन सुवेदीले तयार गरिदिएको र सो प्रतिमा काठमाडौं उपत्यकापछि हेटौंडामा दोश्रो रहेको उहाँले बताउनु भयो ।

यसै वर्ष मंसिरमा रचना वाचन, सम्मान वितरण लगायत भैरव अर्याल स्मृतिसम्बन्धी विशेष कार्यक्रम गर्ने योजना रहेको छ ।

कार्यक्रममा साहित्य संगम मकवानपुर अध्यक्ष अनिता न्यौपाने, सिस्नुपानी मकवानपुर उपाध्यक्ष मीनप्रसाद लामिछाने, रमेश अधिकारी, यमनदेव उत्प्रेरक, किशन पौडेल, प्रलेस केन्द्रिय सदस्य मसान उपासक, प्रलेस मकवानपुर अध्यक्ष श्रीराम अधिकारी, मातृभूमि साहित्य समाज मकवानपुर अध्यक्ष माधव पोखरेल लगायतका सर्जकहरूको उपस्थिति रहेको थियो ।

साहित्य संगम मकवानपुर तथा सिस्नुपानी मकवानपुरको संयुक्त आयोजनामा भएको सो कार्यक्रम साहित्य संगम मकवानपुरका सचिव डिबी बर्तौलाले सञ्चालन गर्नु भएको थियो ।

०००
– संप्रस पौडेल, हेटौँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x