सुलसुलेसाहित्यकार लुइँटेलको ८१ औं जन्मजयन्ती मनाइयो
अर्जुनधारा-९ बाह्रघरेस्थित गार्गी वाङ्मय प्रतिष्ठानले प्रतिष्ठानका संस्थापक एवम् साहित्यकार रोहिणी विलास लुइँटेलको ८१ औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाएको छ ।

आश्विन ५, २०७९, झापा । अर्जुनधारा-९ बाह्रघरेस्थित गार्गी वाङ्मय प्रतिष्ठानले प्रतिष्ठानका संस्थापक एवम् साहित्यकार रोहिणी विलास लुइँटेलको ८१ औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष नरेन्द्रप्रसाद अधिकारीको सभाध्यक्ष र साहित्यकार विष्णुकुमार भट्टराईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कविता वाचन, हाजिरी जवाफ प्रतियोगिता, भजनलगायत प्रस्तुत गरिएको सचिव केदारनाथ पोखरेलले जानकारी दिए ।
त्यसैगरी कार्यक्रमका सहभागी अर्जुनधारा-९ वडा समितिका अध्यक्ष भीष्म मिश्रले संस्थाको निर्माणाधीन भवनको निर्माण कार्य पूरा गर्ने, पुस्तकालय निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यस्तै प्रमुख अतिथि भट्टराईले आमा, गार्गी र साहित्यकार लुँइटेलको विषयमा चर्चा गरेका थिए । जगन्नाथ अधिकारी र निरा पोखरेलले कविता वाचन गरेको कार्यक्रममा महिला मोक्षदा किर्तन मण्डलीबाट भजन प्रस्तुत गरिएको थियो ।
५ वटा महिला समूहको सहभागता रहेको हाजिरी जवाफ प्रतियोगितामा अनिता नेपालको महिला समूह प्रथम भएको थियो । निवर्तमान वडाध्यक्ष पुष्पकुमार प्रसाईंलगायतले मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा स्वागत प्रतिष्ठानका उपाध्यक्ष डिल्लीरमण लुइटेलले र कार्यक्रमको सञ्चालन सचिव पोखरेलले गरेका थिए ।
आमा र बालबालिकाहरूलाई संस्कृत पढाउने उद्देश्यले उक्त प्रतिष्ठानको २०७४ सालमा स्थापना भएको हो ।
०००
Subscribe
Login
0 Comments
Oldest












































